५१ करोड १८ लाखको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर नेपाल भित्रियो

Technology Khabar १० चैत्र २०८०, शनिबार

५१ करोड १८ लाखको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर नेपाल भित्रियो

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात घट्दो क्रममा देखिएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार ५१ करोड १८ लाख ५६ हजार रुपैयाँको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।
सो अवधिमा ४ हजार ३०४ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तमा ७५ करोड ७६ लाख ११ हजार रुपैयाँ बराबरको ५ हजार ८४९ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको थियो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात २४ करोड ५७ लाख ५५ हजार रुपैयाँ अर्थात ३२.४४ प्रतिशतले घटेको छ।

यस्तै इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात १ हजार ५४५ यूनिटले घटेको छ।

चालु आवमा सरकारले इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात मार्फत १६ करोड २५ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपाल चार मुलुकबाट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात हुने गरेको देखिन्छ।

नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर चीनबाट आयात हुने गरेको छ। चीनबाट २८ करोड ७१ लाख ४३ हजार रुपैयाँ बराबरको ३ हजार १०२ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

भारतबाट २० करोड ६९ लाख ८२ हजार रुपैयाँ बराबरको १ हजार १२८ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

इन्डोनेसियाबाट १ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको ७२ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

यूएईबाट १२ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

easy care

प्रकाशित: १० चैत्र २०८०, शनिबार