गुगल पिक्सेल ८ए को स्पेक्सहरु लीक

Technology Khabar ९ चैत्र २०८०, शुक्रबार

गुगल पिक्सेल ८ए को स्पेक्सहरु लीक

काठमाडौं ।

गुगलको पिक्सेल ८ए चाँडै आउन लागेको उल्लेख गरिएको छ। गुगलको मे महिनामा हुने एनुअल (वार्षिक) आई/ओ डेभलपर कन्फरेन्स (विकासकर्ता सम्मेलन) मा पिक्सेल ८ए लन्च गरिने सम्भावना रहेको छ।

यस अघि सीएडीमाआधारित रेन्डरहरूमा देखा परेको पिक्सेल ८ए आफ्नो पूर्ववर्ती पिक्सेल ७ए भन्दा महँगो हुने चर्चा रहेको छ।

यसैबीच बुधबार एउटा नयाँ लीकले उक्त डिभाइसले के कस्ता अपग्रेडहरू समावेश गर्नेछ भन्ने जानकारी ल्याएको छ। लीकभएका बिबरणहरुका पिक्सेल ८ए मा १२० हर्ज रिफ्रेस रेट रहनेछ भने यो पिक्सेल ८ र पिक्सेल ८ प्रो जस्तै टेन्सर जी ३ चिपसेटद्वारा संचालित हुने जनाइएको छ।

पिक्सेल ८ए को स्क्रिनमा १,४०० निट्सको पिक एचडीआर ब्राइटनेस हुने उल्लेख गरिएको छ। साथै यसको नामजस्तै यो नयाँ मिड–रेन्जरको डिजाइन समग्रमा पिक्सेल ८ र पिक्सेल ८ प्रो सँग मिल्दोजुल्दो छ। यसबाहेक, पिक्सेल ८ए मा डिस्प्लेपोर्ट आउटपुट सपोर्ट (समर्थन) रहनुका साथै पिक्सेल ७ए को जस्तै क्यामराहरू समावेश गरिने जनाइएको छ।

पिक्सेल ८ए को सबैभन्दा रोमाञ्चक पक्ष भनेको यसको उपलब्धता हुने क्षेत्रहरु बढ्ने दाबी छ। पिक्सेल ७ए केवल २१ ओटा देशहरूमा मात्र उपलब्ध भएको र पिक्सेल ८ए ती २१ ओटा देशहरूका साथै फिनल्याण्ड, हंगेरी, लिथुआनिया, लाटभिया, पोल्याण्ड, रोमानिया जस्ता थप देशहरू पनि लन्च हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार

ताजा समाचार