सामसङ ग्यालेक्सी एस२४ अल्ट्राले अर्को महिना प्रमुख क्यामरा अपडेट प्राप्त गर्ने

Technology Khabar ८ चैत्र २०८०, बिहीबार

सामसङ ग्यालेक्सी एस२४ अल्ट्राले अर्को महिना प्रमुख क्यामरा अपडेट प्राप्त गर्ने

काठमाडौं ।

सामसङले गत फेब्रुअरी महिनामा ग्यालेक्सी एस२४ सिरिजको लागि एक प्रमुख क्यामरा अपडेट जारी गरेको थियो। अब कोरियाली समूहले अप्रिल महिनामा ग्यालेक्सी एस२४ अल्ट्राको लागि अर्को प्रमुख क्यामरा अपडेट रोल आउट गर्न लागेको छ।

यो जानकारी भरपर्दो टिपस्टर आइस युनिभर्सबाट आएको हो। अर्को महिना आउने प्रमुख क्यामरा अपडेटले ह्वाईट ब्यालेन्स र टेलिफोटो ईमेज क्वालिटीमा सुधारहरू समावेश गर्ने टिपस्टरले उल्लेख गरेको छन्। मार्च अपडेट (अद्यावधिक) ले भने कम अन्डरएज मोड र केही अप्टिमाइजेसनहरू ल्याउने भए तापनि धेरै क्यामरा इन्हान्समेन्टहरू समावेश नगर्ने जनाइएको छ।

सामसङले फेब्रुअरी महिनामा जारी गरेको अद्यावधिकले ग्यालेक्सी एस२४ अल्ट्राका लागि ब्राइटर ब्याकलाइट सट्स, सार्पर टेक्स्ट जुम्स र थप अन्य कुराहरू ल्याएको थियो।

easy care

प्रकाशित: ८ चैत्र २०८०, बिहीबार

ताजा समाचार