एप्पलले गोप्य रूपमा टचस्क्रिन आईम्याक विकास गर्दै

Technology Khabar २ चैत्र २०८०, शुक्रबार

एप्पलले गोप्य रूपमा टचस्क्रिन आईम्याक विकास गर्दै

काठमाडौं ।

एप्पलले आफ्नो म्याक कम्प्युटरहरूमा टचस्क्रिन फिचर्स (सुविधाहरू) लाई लामो सयमदेखि रोक्दै आएको छ। यद्यपि, हालै अद्यावधिक गरिएको पेटेन्ट आवेदनले भने कम्पनीको अडानमा सम्भावित परिवर्तन हुनसक्ने अनुमान देखाएको छ।

मूल रूपमा सन् २०२३ को नोभेम्बरमा दर्ता गरिएको यो पेटेन्टले डेस्कटप कम्प्युटरहरूको लागि एडजस्टेबल (समायोजन गर्न मिल्ने) स्ट्यान्डको डिजाइनको बारेमा विवरण दिने जनाइएको छ। साथै बढ्ने क्रममा रहेका ठूला र स्लिम डिस्प्लेहरू ह्यान्डल गर्ने र ढुवानी गर्ने चुनौतीहरूलाई एप्पलले हाइलाइट गरेको छ। तिनीहरूको प्रस्तावित समाधान एक स्ट्यान्डमा केन्द्रित रहेको र जसले पोर्टेबिलिटी सुधार गर्नुका साथै परम्परागत डिजाइनहरूको तुलनामा खेर जाने ठाउँलाई कम गर्नमा थप मद्दत पुर्याउने छ।

यद्यपि केहि टेक ब्लगहरूले यसलाई माइक्रोसफ्टको सर्फेस स्टुडियो जस्तै टचस्क्रिन आईम्याक तर्फ संकेतको रूपमा व्याख्या गरेतापनि पेटेन्ट आफैँले भने टचस्क्रिन फङ्गसनालिटीको बारेमा उल्लेख नगरेको जनाइएको छ। साथै यसको फोकस स्ट्यान्डको एडजस्टेबल र पोर्टेबिलिटी लाभहरूमा रहेको छ।

टचस्क्रिन आईम्याकको सम्भावना हुँदाहुँदै पनि एप्पलले यस पेटेन्टको साथ व्यावहारिकतालाई बढी प्राथमिकतामा राखेको जस्तो देखिन्छ। थप एडजस्टेबल स्ट्यान्डले आर्टिस्ट (कलाकारहरू), डिजाइनरहरू र मल्टिपल भ्यूईङ एंगलहरूबाट लाभ उठाउने जो कोहीको लागि युजर एक्सपिरियन्स (प्रयोगकर्ता अनुभव) बढाउन सक्ने जनाइएको छ। साथै फङ्गस्नालिटी र युजर कम्फर्ट वृद्धि गर्ने कुनै पनि सुधारहरू आईम्याक लाइनअपमा स्वागत हुने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

easy care

प्रकाशित: २ चैत्र २०८०, शुक्रबार

ताजा समाचार