टिकटकको नेटिभ एप एप्पल भिजन प्रो को लागि उपलब्ध

Technology Khabar ६ फाल्गुन २०८०, आईतवार

टिकटकको नेटिभ एप एप्पल भिजन प्रो को लागि उपलब्ध

काठमाडौं ।

टिकटकले एप्पलको भिजन प्रो हेडसेटको लागि नयाँ एप जारी गर्दै आफ्नो लोकप्रिय भिडियो प्लेटफर्मलाई अगुमेन्टेड रियालिटीको संसारमा ल्याएको छ। अब, प्रयोगकर्ताहरूले भिजन प्रो को क्षमताहरूको अधिकतम फाइदा लिँदै टिकटकलाई फेमिलियर (परिचित) भएको महसुस गर्दै आनन्द लिन सक्नेछन्।

भिडियोहरू भर्टिकल्ली (ठाडो रूपमा) प्ले हुने जनाइएको छ भने लाइकिङ, कमेन्ट र शेयरिङ गर्ने बटनहरूका साथ एपको लेआउटले फोनमा टिकटक प्रयोग गरेको जस्तै सम्झना दिलाउने उल्लेख छ। साथै, भिजन प्रोमा रहेको एक्स्ट्रा स्पेस (थप ठाउँ) ले टिकटकमा कमेन्ट र क्रियटर इन्फो (सिर्जनाकर्ता जानकारी) सहज रुपमा हेर्न सकिने र त्यसले भिडियोलाई कुनै असर पार्ने छैन्।

मानिसहरूलाई उनीहरूको वरपरको रियल वर्ल्ड भ्यु (वरपरको वास्तविक संसारको दृश्य) को साथ वा चन्द्रमा जस्तै पूर्णरूपमा भर्चुअल ठाउँमा भिडियोहरू हेर्न दिनको लागि यसको डिजाइन गरिएको टिकटकले बताएको छ। साथै, यो एपले हेडसेटमा अन्य एपहरूसँग राम्रोसँग काम गर्न सक्नेछ।

टिकटक बाहेक अन्य कम्पनीहरुले पनि एप्पल भिजन प्रोको लागि एप ल्याउँदैछन्। डिज्नीले भिजन प्रो प्रयोगकर्ताहरूको लागि थ्रीडी चलचित्रहरू प्रदान गरेको छ भने अमेजन प्राइम भिडियो जस्ता अन्य सेवाहरू पनि बोर्डमा भएको उल्लेख छ।

यद्यपि, नेटफ्लिक्स र युट्युबले भने तत्कालै कुनै एप नल्याउने गीज्मोचाइनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार