आईफोन १६ को क्याप्चर बटनले डीएसएलआरको जस्तै कार्य गर्नसक्ने संभावना

Technology Khabar २९ माघ २०८०, सोमबार

आईफोन १६ को क्याप्चर बटनले डीएसएलआरको जस्तै कार्य गर्नसक्ने संभावना

काठमाडौं ।

आईफोन १६ सिरिजको बारेमा लीक र अफवाहहरु केहि समयदेखि वेबमा देखा परिरहेको छन्। एप्पलको अर्को पुस्ताको फ्ल्यागशिप स्मार्टफोनहरू यस वर्ष सेप्टेम्बरमा डेब्यु हुने अपेक्षा गरिएको छ।

साथै विगतका रिपोर्टहरूले आईफोन १६ मोडलहरूमा डेडिकेटेड क्याप्चर बटन समावेश गरिने उल्लेख गरिका छन्। यसै क्रममा, पछिल्लो विकासमा, एक मिश्रित ट्र्याक रेकर्ड भएको वेइबो प्रयोगकर्ता इन्स्ट्यान्ट डिजिटलले क्याप्चर बटनको बारेमा विवरणहरू प्रकट गरेका छन्।

आईफोन १६ मा डीएसएलआरको जस्तै) क्याप्चर बटन हुने सम्भावना

आईफोन १६ मा रहने क्याप्चर बटनले मल्टिपल लेभल (धेरै स्तर) को दबाब पत्ता लगाउन सक्षम हुने इन्स्ट्यान्ट डिजिटले उल्लेख गरेको छ। यो डिजिटल क्यामराहरूको टु–स्टेप बटनहरू जस्तै भएको बताईएको छ।

यसको मुख्य कार्य भनेको ईमेज वा भिडियो क्याप्चर ट्रिगर गर्ने हुनेछ। त्यसैगरी, हलुका वा हाफवे प्रेसले प्रयोगकर्तालाई फोकस लक गर्न र मिलाउनका लागि सक्षम गर्दछ। यसले इमेज ब्लर  नहोस् भनेर सब्जेक्ट (विषय) मा फोकस लक गर्नका लागि डिस्प्लेमा औंलाले थिच्नुको तुलनामा ठूलो सुविधा प्रदान गर्नेछ।

त्यसका साथै पछिल्लो एक रिपोर्टले क्याप्चर बटनले जुम इन र आउट फङ्गसनलाई पनि समर्थन गर्न सक्नेखुलाएको छ।

केही सोनी एक्सपेरिया फोनहरूले भने यस अघि नै टु–स्टेप शटर बटन्स समावेश गरि सकेका छन्। डेडिकेटेड् क्याप्चर बटनले गर्दा प्रयोगकर्ताहरूले छिटो तवरले फोटो लिन/खिच्न सक्नेछन्।

अहिलेको आईफोन १५ प्रो मोडलहरूमा रहेको एक्सन बटनलाई भने क्यामरा एप लन्च गर्नका लागि मात्र प्रोग्राम गर्न सकिन्छ।

आईफोन १६ प्रो को प्रारम्भिक रेन्डरहरूले बटम राईट साइड (तल्लो दायाँ छेउ) मा डेडिकेटेड बटन रहेको देखाएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: २९ माघ २०८०, सोमबार

ताजा समाचार