एप्पलको मिक्स्ड रियालिटी हेडसेट ‘भिजन प्रो’ चीनमा लन्च गर्ने तयारी हुँदै

Technology Khabar २८ माघ २०८०, आईतवार

एप्पलको मिक्स्ड रियालिटी हेडसेट ‘भिजन प्रो’ चीनमा लन्च गर्ने तयारी हुँदै

काठमाडौं ।

अमेरिकी टेक जायन्ट एप्पलले गत हप्ता मिक्स्ड रियालिटी हेडसेट भिजन प्रो लन्च गरेको थियो र अमेरिकामा यसको बिक्री दुई लाख एकाइ नाघेको छ।

लगभग एक दशक अघि एप्पल वाच पछि नयाँ उत्पादन श्रेणीमा कम्पनीको यो पहिलो सुरुवात हो। यसलाई चाँडै चीनमा पनि ल्याउन सक्ने बताईएको छ।

एक मिडिया रिपोर्टमा भनिएको छ कि एप्पलले नयाँ डिभाइस भिजन प्रो अप्रिलमा चीनमा बिक्रीको लागि उपलब्ध गराउन सक्नेछ। आपूर्ति श्रृंखला स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिइएको हो। यो डिभाइस चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भईरहेको रिपोर्टमा भनिएको छ।

एप्पलका उत्पादनहरू ट्र्याक गर्ने ब्लूमबर्गका मार्क गुरम्यानले गत महिना रिपोर्ट गरे कि भिजन प्रो अमेरिकामा लन्च गरेपछि चीनलगायत अन्य केही देशहरूमा पनि उपलब्ध गराउन सक्नेछ। एप्पलले चालू वर्षमा करिब पाँच लाख युनिट बजारमा पठाउने योजना बनाएको छ।

यद्यपि, चीनमा यो एआर/भीआर हेडसेटका लागि केही समस्याहरू हुन सक्छन्। रिपोर्टमा भनिएअनुसार चीनको ठूलो टेक्नोलोजी कम्पनीहरू मध्ये एक ह्वावेसँग त्यहाँ ‘भिजन प्रो’ ट्रेडमार्क छ। यसको मतलब एप्पलले यो हेडसेटलाई फरक ब्रान्डिङको साथ ल्याउनु पर्ने हुन्छ।

यो भनिएको छ कि ह्वावेले आफ्नै भीआर हेडसेट लन्च गर्ने काम गरिरहेको छ र यो वर्षको अन्त्यसम्ममा चीनमा लन्च गर्न सक्नेछ। ह्वावेले चीनको स्मार्टफोन बजारमा एप्पलको बजार हिस्सामा पनि कब्जा जमाएको छ। एप्पलको आईफोन १५ को तुलनामा ह्वावेको स्मार्टफोनको लोकप्रियता बढेको छ।

चीनमा कम्पनीको आईफोन बिक्री गत वर्षको चौथो त्रैमासिकमा २.१ प्रतिशतले घटेको छ। एप्पलले चीनमा पनि सरकारको कडाईको सामना गरिरहेको छ। एप्पलका लागि चीन तेस्रो ठूलो बजार हो।

easy care

प्रकाशित: २८ माघ २०८०, आईतवार

ताजा समाचार