सन् २०२३ को चौथो त्रैमासिकमा ग्लोबल स्मार्टफोन ढुवानीमा वृद्धि, एप्पलको मात्रै ६.५ प्रतिशतले बढ्यो

Technology Khabar २२ माघ २०८०, सोमबार

सन् २०२३ को चौथो त्रैमासिकमा ग्लोबल स्मार्टफोन ढुवानीमा वृद्धि, एप्पलको मात्रै ६.५ प्रतिशतले बढ्यो

काठमाडौं ।

सन् २०२३ को चौथो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन बजार वार्षिक रुपमा ८.६ प्रतिशतले विस्तार भएको रिसर्च (अनुसन्धान) फर्म ओम्डियाको पछिल्लो प्रतिवेदनले देखाएको छ। विश्वव्यापी बजारका केही बजारहरूमा बढ्दो मुद्रास्फीतिका बावजुद पनि यो राम्रो प्रदर्शन भएको उल्लेख छ।

प्रतिवेदनले सन् २०२३ को अन्तिम त्रैमासिकमा कुपर्टिनो कम्पनी एप्पलको ६.५ प्रतिशत वार्षिक सुधारलाई पनि हाइलाइट गरेको छ।

विश्वव्यापी स्मार्टफोन बजारले सन् २०२३ को चौथो त्रैमासिक (क्यू४) भित्र लगभग ३२८ मिलियन इकाइहरूको ढुवानी हासिल गरेको छ। यसपटकको यो वृद्धि सन् २०२१ पछि पहिलो महत्त्वपूर्ण परिवर्तन भएको र यसले स्मार्टफोन ढुवानीमा लगातार ९ त्रैमासिक गिरावटलाई रोकेको जनाइएको छ।

सन् २०२२ मा भने बजारले आपूर्ति श्रृंखला अवरोधहरू र अन्य चुनौतिहरूको सामना गर्नुपरेको थियो। सन् २०२३ (पहिलो त्रैमासदेखि चौथो त्रैमाससम्म) को समग्र ढुवानीमा हालको चुनौतीहरूलाई हाइलाइट गर्दै ३.५ प्रतिशतले वार्षिक रुपमा घटेको उल्लेख छ।

एप्पलले सन् २०२३ को चौथो त्रैमासिकमा आफ्ना प्रतिस्पर्धीहरू बीच एक अग्रणी प्रदर्शनको रेकर्ड गरेको छ। एप्पलले सिपमेन्ट (ढुवानी)मा ७८.७ मिलियन इकाइहरूको कीर्तिमान हासिल गरेको छ, जसले सन् २०२२ को सोही अवधिको तुलनामा ६.५ प्रतिशत सुधार भएको सङ्केत गर्छ। साथै आईफोन १५ लाइनअपको मागमा भएको वृद्धिका कारणले गर्दा एप्पलको ढुवानीमा वृद्धि भएको जनाइएको छ।

एप्पलको प्रमुख प्रतिद्वन्द्वी सामसङले सन् २०२२ को चौथो त्रैमासिकको तुलनामा यस अवधिमा ढुवानीमा ९ प्रतिशत गिरावट रेकर्ड गरेको छ।

यद्यपि, चिनियाँ पावरहाउस शाओमीले ४१.२ मिलियन इकाइहरूको ढुवानीका साथ आफ्नो रिकभरीतर्फको प्रयासहरूमा सुधार गर्न जारी राखेको छ। त्यसका साथै सूचीमा ट्रान्ससन, ओप्पो, अनर र मोटोरोला जस्ता अन्य ब्रान्डहरू पनि रहेको उल्लेख गरिएको छ।

सन् २०२४ को विश्वव्यापी स्मार्टफोन ढुवानी समग्र रुपमा सकारात्मक रहेको र यस वर्ष पनि वृद्धि हुने अपेक्षा गरिएको छ।

यद्यपि ओम्डियाले सन् २०२४ को दोस्रो भागमा गिरावट आउन सक्ने सम्भावित चुनौतिहरूको भविष्यवाणी गरेको छ। आर्थिक पुनरुत्थानमा ढिलाइ, राजनीतिक अस्थिरता र उपभोक्ताहरूको खरिद शक्तिमा आएको कमिका कारण प्रयोग गरिएका/ रिफर्बिस्ड स्मार्टफोनहरूको बढ्दो माग जस्ता मापदण्डहरूले भने वृद्धिको गतिलाई असर गर्न सक्ने चेतावनी दिएको छ।

easy care

प्रकाशित: २२ माघ २०८०, सोमबार