एप्पलको भीआर हेडसेट भिजन प्रो उपलब्ध

Technology Khabar २० माघ २०८०, शनिबार

एप्पलको भीआर हेडसेट भिजन प्रो उपलब्ध

काठमाडौं ।

प्रिअर्डर अभियान समाप्त भएसँगै एप्पलको भिजन प्रो हेडसेट अन्ततः सार्वजनिकरुपमा उपलब्ध भएको छ। एप्पलको भिजन प्रो हेडसेट – २५६ जीबी, ५१२ जीबी र १ टिबी गरी तीन ओटा स्टोरेज संस्करणहरूमा आएको छ।

यसको प्रारम्भिक मूल्य ३,४९९ अमेरिकी डलर रहेको छ भने ५१२जीबी र १ टिबी भर्सनहरू क्रमशः ३,६९९ अमेरिकी डलर र ३,८९९ अमेरिकी डलरमा बिक्री भइरहेका छन्।

सो मूल्यमा प्रेस्क्रिप्शन ग्लासेस (चश्मा) चाहिने व्यक्तिहरूको लागि अप्टिकल इन्सर्टहरू समावेश नभएको, तर अतिरिक्त मूल्यमा थप हुने उल्लेख छ।

यद्यपि, भिजन प्रो हेडसेट अर्डर गर्न यसको पहिलो चरणमा आईफोन प्रयोग गरेर आफ्नो टाउकोको साइज मापन गर्नु पर्नेछ। फोनमा रहेको फेस आईडी टीओएफ स्क्यानर प्रयोग गरेर टाउकोको सही मापन गर्न र लाइट सिलका साथै हेड ब्यान्डको आकार निर्धारण गर्नका लागि आफ्नो टाउको वरिपरि फोनलाई घुमाउनु पर्ने जनाइएको छ। हेडसेट लगाएको बेला यो सुगठित र आरामदायी फिटको लागि आवश्यक हुने थप उल्लेख गरिएको छ।

त्यसैगरी यसको दोस्रो चरण भनेको तपाइँले दिनको समयमा पढ्नको लागि ग्लासेस (चश्मा) प्रयोग गर्नुहुन्छ वा डाक्टरी प्रेस्क्रिप्शन चश्मा प्रयोग गर्नुहुन्छ भनेर छनोट गर्नु पर्नेछ। यसको लागि चाहिने अप्टिकल इन्सर्टहरू जाइस कम्पनीले रिडर्स र प्रेस्क्रिप्शन इन्सर्ट गरी दुई प्रकारमा उपलब्ध गराएको छ। रिडर्सको लागि मानक मूल्यको अतिरिक्त ९९ अमेरिकी डलर थप शुल्क लाग्ने छ भने प्रेस्क्रिप्शन सेटलाई थप १४९ अमेरिकी डलर तिर्नु पर्नेछ।

एप्पलले आर्केड गेमहरू सहित भिजन प्रोका लागि ६०० भन्दा बढी एपहरू यसअघि नै उपलब्ध गराएको बताएको छ। त्यसका साथै भर्चुअल डिस्प्ले फिचर प्रयोग गरेर म्याकमा चल्न सकेको खण्डमा भीआर हेडसेटहरूलाई समर्थन गर्ने थर्ड–पार्टि गेम्स (तेस्रो–पक्ष खेलहरू) पनि खेल्न योग्य हुनेछन्।

easy care

प्रकाशित: २० माघ २०८०, शनिबार