नोकियाले सन् २०२६ सम्ममा हासिल हुने नाफाको लक्ष्यलाई घटायो

Technology Khabar २७ मंसिर २०८०, बुधबार

नोकियाले सन् २०२६ सम्ममा हासिल हुने नाफाको लक्ष्यलाई घटायो

काठमाडौं ।

नोकियाले मोबाइल नेटवर्क बिक्रीमा आएको कमीपछि आफ्नो आगामी २ वर्षसम्मको अपरेटिङ्ग मार्जिन लक्ष्य घटाएको छ। कम्पनीले आफ्नो मोबाइल नेटवर्क व्यवसायमा कठिन बजार अवस्थाका कारण सन् २०२६ को मार्जिन लक्ष्यमा पुग्न नसक्ने बताएको हो।

आफ्नो रणनीतिको बारेमा लगानीकर्ता अपडेटमा, कम्पनीले अब २०२६ मा कम्तिमा १३ प्रतिशतको समायोजित अपरेटिङ मार्जिनको अपेक्षा गरेको छ, जुन यसको अघिल्लो १४ प्रतिशतको लक्ष्य भन्दा कम हो।

नोकिया ओवाईजेले संयुक्त राज्य अमेरिकामा प्रमुख सम्झौता गुमाएपछि र यसको फाइभजी नेटवर्क व्यवसायले आगामी दुई वर्षमा चुनौतीहरू सामना गर्ने बताएपछि आफ्नो दीर्घकालीन नाफाको लक्ष्य घटाएको हो।

गत हप्ता अमेरिकी अपरेटर एटी एण्ड टीबाट ठूलो सम्झौतामा छुटेको कम्पनीले पहिले नै चेतावनी दिएको थियो कि गुमेको व्यवसायले मोबाइल नेटवर्क व्यवसायमा दोहोरो अंकको अपरेटिङ मार्जिनमा पुग्ने आफ्नो योजनालाई दुई वर्षसम्म ढिलाइ गर्नेछ।

उक्त १४ बिलियन डलरको अर्डरमा, एरिक्सनलाई अमेरिकी क्यारियरको लागि खुला नेटवर्क निर्माण गर्न छनोट गरिएको थियो, जसले स्विडेनी कम्पनीलाई ५जी उपकरणहरूको प्राथमिक आपूर्तिकर्ता बनाउँदछ।

घटाइएको २०२६ लक्ष्य एक “विवेकपूर्ण परिवर्तन” भएको कम्पनीले भनेको छ र यसले अझै पनि २०२६ भन्दा बढि मार्जिन बढाउने अवसरहरू देख्छ र १४ प्रतिशतको लक्ष्य लामो अवधिमा प्राप्त गर्न सकिने विश्वास गरेको छ।

easy care

प्रकाशित: २७ मंसिर २०८०, बुधबार