करिब साढे ३ करोडले स्मार्टवाचको आयात घट्यो

Technology Khabar १३ कार्तिक २०८०, सोमबार

करिब साढे ३ करोडले स्मार्टवाचको आयात घट्यो

काठमाडौं ।

नेपालमा स्मार्टवाचको आयात घटेको देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९ ८० को तुलनामा चालु आर्थिक वर्ष २०८० ८१ को असोज मसान्तसम्म स्मार्टवाचको आयात २८.६२ प्रतिशतले घटेको देखिएको हो।

चालु आवको असोज मसान्तसम्म८ करोड ७२ लाख २५ हजार रुपैयाँ बराबरको ९० हजार ९७९ यूनिट स्मार्टवाच आयात भएको छ।

स्मार्टफोनको आयातबाट सरकारले २ करोड ७५ लाख ५० हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

गत आर्थिक वर्ष २०७९ ८० १२ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको ७९ हजार ७५३ यूनिट स्मार्टवाच आयात भएको छ।

गत आवको असोजको तुलनामा चालु आवको असोजमा स्मार्टवाचको आयात ३ करोड ४८ लाख ९७ हजार रुपैयाँले घटेको हो।

भन्सार विभागको तथ्यांक अनुसार २० मुलुकबाट नेपालमा स्मार्टवाच आउने गरेको देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आउने गरेको छ।

चीनबाट ७ करोड ११ लाख ८२ हजार रुपैयाँ बराबरको ८८ हजार ४८ यूनिट स्मार्टवाच आयात भएको छ।

स्मार्टवाचको आयातको हिसाबले दोस्रो स्थानमा रहेको भारतबाट ६० लाख ३८ हजार रुपैयाँ बराबरको २ हजार ५९३ यूनिट स्मार्टवाच आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

easy care

प्रकाशित: १३ कार्तिक २०८०, सोमबार