एक्समा लाइभ भिडियो गेम स्ट्रिमिङ परीक्षण गर्दै इलन मस्क

Technology Khabar १६ आश्विन २०८०, मंगलवार

एक्समा लाइभ भिडियो गेम स्ट्रिमिङ परीक्षण गर्दै इलन मस्क

काठमाडौं ।

एक्स (पहिला ट्विटर)ले भर्खरै प्रस्तुत गरेको नयाँ फिचर्सले प्रयोगकर्ताहरुलाई प्लेटफर्ममा लाइभ भिडियोहरु प्रसारण गर्न अनुमति दिन्छ। अहिले कम्पनीले ट्विच जस्तो भिडियो गेम स्ट्रिमिङ फिचर्स परीक्षण गरिरहेको देखिन्छ।

इलन मस्कले आफ्नो गेमिङ ह्यान्डल ‘@cyb3rgam3r420’, मार्फत एक पोस्ट सेयर गरेका छन्। जसमा ब्लिजार्डको डियाब्लो पीभीपी एरिना गेमप्लेको एक घण्टाको नयाँ भिडियो गेम स्ट्रिमिङ गर्दै गरेको देखाइएको छ। स्ट्रिम राम्रोसँग हेर्न सकिने छ। तर भिडियोको क्वालिटी (गुणस्तर) परिवर्तन गर्ने सकिने विकल्प भने छैन।

यस वर्षको जुनमा मस्कले एक्सले लाइभ भिडियो गेम स्ट्रिमिङ क्षेत्रमा आउने योजनामा रहेको संकेत गरेका थिए। मस्कले एक्समा भिडियो गेम स्ट्रिमिङ गरेको पोस्ट राख्नु एक दिन अघि ट्विचले नयाँ नियमहरू प्रस्तुत गरेको थियो जसले ब्रान्डेड कन्टेन्टबाट पैसा कमाउने स्ट्रिमरहरूलाई प्रत्यक्ष असर पारेको थियो। यस पछि, धेरै भिडियो गेम प्लेयरहरूले स्ट्रिमिङ बन्द गरे र यूट्यूब गेमिङ र फेसबुक लाइभ जस्ता विकल्पहरूमा स्तान्तरण भए।

एक्सको मार्केटिङ पेज अनुसार, प्लेटफर्ममा लगभग ९१ मिलियन गेमर्स थिए, जुन २०२० र जुन २०२१को बीचमा गेमिङसँग सम्बन्धित प्रति सेकेन्ड ७० ट्वीट थिए।

एक्स अहिले सीधै संसारको सबैभन्दा ठूलो भिडियो गेम स्ट्रिमिङ प्लेटफर्म (ट्विच) सँग प्रतिस्पर्धामा उत्रिन खोजेको जस्तो देखिने इन्डियएक्सप्रेसले उल्लेख गरेको छ। २ महिना अघि सुरु भएको राजश्व उत्पादन कार्यक्रमबाट सिर्जनाकर्ताहरूले कति कमाउँछन् भनेर हेर्न रोचक हुनेछ। यदि एक्समा भिडियो गेम स्ट्रिमिङ लोकप्रिय हुन्छ र गेमर्सका लागि नयाँ सेवामा आउँछन् भने यसले ट्विचको लोकप्रियतालाई असर गर्न सक्ने अनुमान गरिएको छ।

easy care

प्रकाशित: १६ आश्विन २०८०, मंगलवार