रियलमीकाे आगामी फोन पेरिस्कोप लेन्सको साथ आउनसक्ने

Technology Khabar ८ आश्विन २०८०, सोमबार

रियलमीकाे आगामी फोन पेरिस्कोप लेन्सको साथ आउनसक्ने

काठमाडौं ।

चिनियाँ ब्राण्ड रियलमीकाे आगामी फोन पेरिस्कोप लेन्सको साथ आउने भएको छ।

चिनियाँ स्मार्टफोन निर्माताले पेरिस्कोप लेन्स अनबोर्डको साथ नयाँ फोनमा काम गरिरहेको बताइएकाे छ। यसले “नट वन्ली म्याक्स क्यान जुम” ट्यागलाइनको साथ टिजर सार्वजनिक गरेको छ।

केहि रिपोर्टहरुका अनुसार यो रियलमी जीटी ५ प्रो हुन सक्ने सुझाव दिएका छन्।

यसले मे २०२० मा लन्च गरिएको प्राविधिक सन्दर्भमा रियलमी एक्स ३ सुपर जुमलाई अगाडि बढाउने उल्लेख छ।

आगामी रियलमी जीटी ५ प्रो पोस्टको टिजर इमेजमा देखिए जस्तै आयताकार क्यामरा बम्पका साथमा पेरिस्कोप लेन्सलाई स्वागत गर्नेछ।

ट्यागलाइनमा पहिलो, लाइन ‘नट ओन्ली म्याक्स क्यान जुम’ ले रियलमी एक्स ३ सुपर जुम को लागि संकेत हुनसक्ने उल्लेख छ, जसले रियलमी फोनहरूमा पहिलो पटक पेरिस्कोप लेन्स ल्यायो। यद्यपि, ट्यागलाइनले भर्खरै लन्च गरिएको एप्पल आईफोन १५ प्रो म्याक्स तर्फ संकेत गर्ने सम्भावना छ। यसले ५ एक्स अप्टिकल जूम क्षमताहरूको साथ १२ एमपी पेरिस्कोप टेलिफोटो लेन्स ल्याएकाे बताइएकाे छ।

टीपस्टर डिजिटल च्याट स्टेशनकाअनुसार, रीयलमी फोनमा टिप गरिएको पेरिस्कोप लेन्स रियलमी जीटी ५ प्रो को सट्टा मिड-रेन्ज मोडलको लागि हुन सक्ने उल्लेख छ।

डिभाइस स्न्यापड्रयागन ८ जेन ३ चिपसेटका साथमा प्रस्तुत हुने पहिलो रियलमी फोन हुने उल्लेख छ। यसमा ६४ एमपी टेलिफोटो सेन्सर राखिने अनुमान गरिएको छ।

easy care

प्रकाशित: ८ आश्विन २०८०, सोमबार

ताजा समाचार