नोकियाको एक्सआर२१ फाइभजीको लागि सेप्टेम्बर सेक्यूरिटी अपडेट उपलब्ध

Technology Khabar ७ आश्विन २०८०, आईतवार

नोकियाको एक्सआर२१ फाइभजीको लागि सेप्टेम्बर सेक्यूरिटी अपडेट उपलब्ध

काठमाडौं ।

नोकियाले एक्सआर२१ फाइभजीको लागि सेप्टेम्बर सेक्यूरिटी अपडेट २०२३ रोल आउट गरेको छ।

कम्पनीहरुले यी सेक्यूरिटी प्याचेज आवधिक रूपमा जारी गर्दछन् भने यी सेक्यूरिटि प्याचेज मुख्य रूपमा सेक्यूरिटी कमजोरीहरूमा केन्द्रित हुने गरेको छ।

साथै यी अद्यावधिकहरूको रिलीज डिभाइस मोडल, क्षेत्र र स्थानमा निर्भर हुने गर्दछ।

नोकियामोबको हालैको रिपोर्टअनुसार केहि एक्सआर२१ प्रयोगकर्ताहरूले सेक्यूरिटि प्याच प्राप्त गर्न थालेको जनाइएको छ। यी सेक्यूरिटि अपडेट (सुरक्षा अद्यावदिक) ले अघिल्लो प्याचमा गुगलले पत्ता लगाएका समस्याहरूलाई सम्बोधन गरेको र यसलाई आधिकारिक सुरक्षा बुलेटिन पृष्ठमा उल्लेख गरेको छ।

यस अपडेटको साइज लगभग ६३.२६ एमबी रहेको र हाल मलेसिया र नेदरल्याण्डमा मात्र उपलब्ध भएको उल्लेख छ। त्यसैगरी अन्य बजारहरूले पनि चाँडै नै यस अपडेटलाई प्राप्त गर्ने अपेक्षा छ।

प्याच स्वचालित रूपमा डिभाइसमा पप अप हुने जनाइएको छ। यद्यपि, यदि नोटिफिकेसन प्राप्त नगरेको खण्डमा भने सेटिङ्गसमा गएर सिस्टम अपडेट भित्र अद्यावधिकहरूको लागि जाँच गर्न सकिने छ।

easy care

प्रकाशित: ७ आश्विन २०८०, आईतवार