नोकियाको किफायती फाइभजी स्मार्टफोन ‘जी३१०’ प्रयोगकर्ता आफैंले मर्मत गर्न सक्ने

Technology Khabar ३२ श्रावण २०८०, बिहीबार

नोकियाको किफायती फाइभजी स्मार्टफोन ‘जी३१०’ प्रयोगकर्ता आफैंले मर्मत गर्न सक्ने

काठमाडौं ।

नोकियाले अमेरिकामा नोकिया जी३१० नामक नयाँ फाइभजी स्मार्टफोन ल्याएको छ। जी३१० एक बजेट–फ्रेण्डली डिभाइस भएको र यसको ‘युजर–रिपेयरेबल’ डिजाइनको लागि यो स्ट्याण्डआउट हुने उल्लेख छ।

नोकियाको क्विकफिक्स टेक्नोलोजीले गर्दा प्रयोगकर्ताहरूले ड्यामेज्ड कम्पोनेन्टहरू जस्तै डिस्प्ले, ब्याट्री र चार्जिङ पोर्ट सजिलैसँग बदल्न सक्नेछन्।

नोकिया स्मार्टफोन बनाउने कम्पनी एचएमडी ग्लोबलले प्रयोगकर्ताहरूलाई रिपेयर इन्सट्रक्सन्स (मर्मत निर्देशनहरू) र अथेन्टिक रिप्लेसमेन्ट कम्पोनेन्टस प्रदान गर्न आईफिक्सिटसँग साझेदारी गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

नोकिया जी३१० को स्पेसिफिकेसन्स् र फिचर्स

रिपेरेबिलिटी आस्पेक्ट (मर्मत योग्यता पक्ष) का अतिरिक्त नोकिया जी३१० जेनेरिक स्मार्टफोन भएकाले यसमा ९० हर्ज रिफ्रेस रेटको सहितको ६.६ इन्च एचडी प्लस डिस्प्ले फिचर गरिएको छ। यो स्मार्टफोन स्न्यापड्रागन ४८० प्लस एसओसीको साथमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज (भण्डारण) सहित उपलब्ध हुनेछ।

क्यामराहरूको सन्दर्भमा यस स्मार्टफोनको पछाडि ट्रिपल क्यामेरा सेटअप रहेको उल्लेख छ। साथै उक्त सेटअपमा ५० मेगापिक्सेलको मुख्य सेन्सर, २ मेगापिक्सेलको म्याक्रो सेन्सर तथा २ मेगापिक्सेलको डेफ्थ सेन्सर समावेश रहेका छन्। त्यसैगरी स्मार्टफोनमा सेल्फीहरू र भिडियो च्याटहरूको लागि भनेर ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा समावेश गरिएको छ।

त्यसैगरी डिभाइसमा नोकियाको ओजेडओ अडियो टेक्नोलोजी समावेश गरिएको छ। नोकियाका अनुसार, यस प्रविधिले अडियो प्लेब्याक क्वालिटी बढाउने र भिडियोहरूको लागि साउण्ड रेकर्डिङ एलिभेट गर्ने जनाएको छ। नोकिया जी३१० मा ५००० एमएएच ब्याट्री रहेको र २० वाटको एडाप्टरमार्फत रिचार्ज हुने उल्लेख गरिएको छ। साथै फोनमा एनएफसी चिप र बायोमेट्रिक्सका लागि फिङ्गरप्रिन्ट रिडर पनि रहेको उल्लेख छ।

यो स्मार्टफोन एन्ड्रोइड १३ को साथ प्रि–इन्स्ट्ल्ड भएर आउँछ। क्विकफिक्स डिजाइन फिचर गरिएको नोकिया जी३१० ५जी यो वर्षको तेस्रो नोकिया स्मार्टफोन भएको र यसले स्मार्टफोनलाई मर्मत गर्न सजिलो बनाउने उल्लेख छ।

नोकिया जी३१० ५जी अगस्ट २४ देखि अमेरिकी बजारमा टी–मोबाइल र मेट्रोमा टी–मोबाइल स्थानहरू र अनलाइनबाट खरिदका लागि उपलब्ध हुनेछ। नोकिया जी३१० ५जीको मूल्य १८६ अमेरिकी डलर रहेको छ।

easy care

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार