रियलमीले अर्को रियलमी फ्ल्यागशिपमा काम गर्दै, डिभाइस जीटि ५ प्रो नाममा आउने

Technology Khabar ९ श्रावण २०८०, मंगलवार

रियलमीले अर्को रियलमी फ्ल्यागशिपमा काम गर्दै, डिभाइस जीटि ५ प्रो नाममा आउने

काठमाडौं ।

रियलमीले नयाँ स्मार्टफोनमा काम गरिरहेको छ।नयाँ शीर्ष स्तरीय स्मार्टफोन लाई जीटि ५ प्रो भनिने छ।

रियलमीले जनवरी २०२२ देखि पूर्णरूपमा विकसित फ्ल्यागशिप रिलिज गरेको छैन। वेइबो प्रोफाइलमार्फत डिजिटल च्याट स्टेशनले उक्त जानकारी दिएको हो।

डिभाइसमा  स्न्यापड्रागन ८ जेन ३ चिपसेट हुनेछ। त्यहाँ एक भेनिला जीटि ५ पनि रहेको जुन यस वर्ष आधिकारिक हुने बताइएको छ। डिभाइस हालको उत्कृष्ट चिप स्न्यापड्रागन ८ जेन २ मा टाँसिने उल्लेख छ।

रियलमीको हालको सबैभन्दा शक्तिशाली स्मार्टफोन जीटि ३  स्न्यापड्रागन ८ प्लस जेन १ तथा २४० वाट चार्जिङको साथ उपलब्ध रहेको छ । यद्यपि, यसको क्यामरा तथा प्रदर्शन जीटी २ प्रो भन्दा खराब रहेका छन्।

उता डिजिटल च्याट स्टेशनकाअनुसार , क्वालकमद्वारा हालको फ्ल्यागशिप प्लेटफर्मको साथ अर्को फोन जीटी ५ को रुपमा आउनेछ।

easy care

प्रकाशित: ९ श्रावण २०८०, मंगलवार