जुलाईको अन्तिम हप्ता च्याटजीपीटी एप एन्ड्रोइडमा उपलब्ध हुने

Technology Khabar ८ श्रावण २०८०, सोमबार

जुलाईको अन्तिम हप्ता च्याटजीपीटी एप एन्ड्रोइडमा उपलब्ध हुने

काठमाडौं ।

ओपनएआईले एन्ड्रोइडमा च्याटजीपीटी एप लन्च गर्ने भएको छ।
ओपनएआईले मेमा आईफोनको लागि च्याटजीपीटी एप जारी गर्दा एन्ड्रोइड प्रयोगकर्ताहरूले पनि चाँडै उपयोग गर्न पाउने वाचा गरेको थियो।

इनग्याजेडका अनुसार कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि अर्को हप्ता (जुलाईको अन्त्य) च्याटजीपीटी एप रोलआउट गर्दैछ।

गुगल प्ले लिस्टिङमा अहिले उपलब्ध छ, र प्रयोगकर्ताले यो उपलब्ध हुने वित्तिकै प्राप्त गर्न प्रि रजिस्टर गर्न सक्नेछन्।

आईफोन एप जस्तै सुरुवाती रुपमा अमेरिकामा मात्र उपलब्ध हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन। तर, प्रि अर्डर एशियामा पनि खुल्ला छ।

ओपनएआईले रिलिज भएको केही दिन पछि आईओएस एपको पहुँचलाई थप क्षेत्रहरूमा विस्तार गरेको थियो। त्यसैले एन्ड्रोइड एप सम्भवतः यदि च्याटजीपीटी एप अमेरिकामा मात्र लन्च गरिएमा पनि अन्य देशहरूमा छिट्टै पहुँचयोग्य हुनेछ।

पहिलैदेखि एन्ड्रोइड प्रयोगकर्ताले ब्राउजर मार्फत च्याटजीपीटी प्रयोग गर्दै आइरहेका छन्। तर इन्टरफेस, नेभिगेट गर्न गाह्रो छैन, मोबाइल डिभाइसका लागि भने आदर्श मानिएको छैन।

easy care

प्रकाशित: ८ श्रावण २०८०, सोमबार