पीएमडब्ल्यूआईको उपाधी भ्याम्पायर ईस्पोर्ट्सलाई, डीआरएसले जित्यो २ करोड २० लाख

Technology Khabar १ श्रावण २०८०, सोमबार

पीएमडब्ल्यूआईको उपाधी भ्याम्पायर ईस्पोर्ट्सलाई, डीआरएसले जित्यो २ करोड २० लाख

काठमाडौं ।

पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई) २०२३ को उपाधी भ्याम्पायर ईस्पोर्ट्सले जितेको छ। भ्याम्पायरले प्रभावशाली प्रदर्शन गर्दै उपाधी चुमेको हो।

भ्याम्पायरले कुल १८ खेलमा २२७ प्वाइन्ट जोडेको थियो। यसमा ४ चिकेन डिनरसहित १४२ इलिमिनेसन प्वाइन्ट र ८५ प्लेसमेन्ट प्वाइन्ट रहेको थियो।

उपधीसँगै थाइल्यान्डको भ्याम्पायर ईस्पोर्ट्सले यस प्रतियोगिताबाट ५ लाख ७२ हजार ५०० अमेरिकी डलर अर्थात करिब ७ करोड ५१ लाख रुपैयाँ जितेको छ।

भ्याम्पायरले पीएमडब्ल्यूआईको अल स्टार्स र मुख्य इभेन्ट दुवै जित्दै उक्त रकम हात पारेको हो। अल स्टार्सबाट १ लाख ४० हजार अमेरिकी डलर र मेन इभेन्टबाट ४ लाख ३२ हजार ५०० अमेरिकी डलर जितेको हो।

चीनको सिक्ट टु एड १३८ अंकसहित दोस्रो स्थानमा रहेको छ। सिक्ट टु एडले २ लाख ३२ हजार ५०० अमेरिकी डलर जितेको छ।

१२१ प्वाइन्ट जोडेको गैमिन ग्लेडिएटर्स तेस्रो स्थानमा रहँदै १ लाख ५७ हजार ५०० अमेरिकी डलर प्राप्त गरेको छ।

पीएमडब्ल्यूआईको मुख्य इभेन्ट नेपाली टिम डीआरएस गेमिङको प्रदर्शन उल्लेखनिय रहन सकेन। ९३ प्वाइन्ट जोडेको नेपाली टिम ११ औं स्थानमा रहन पुग्यो। मुख्य इभेन्टबाट डीआरएसले ७७ हजार ५०० अमेरिकी डलर प्राप्त गरेको छ। अल स्टार्स इभेन्टमा तेस्रो भएको डीआरएसले ९० हजार अमेरिकी डलर प्राप्त गरेको छ। यस प्रतियोगिताबाट डीआरएस गेमिङले १ लाख ६७ हजार ५०० अमेरिकी डलर अर्थात करिब २ करोड २० लाख रुपैयाँ हात पारेको छ।

easy care

प्रकाशित: १ श्रावण २०८०, सोमबार