बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्यायो एआई च्याटबट

Technology Khabar २४ असार २०८०, आईतवार

बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्यायो एआई च्याटबट

काठमाडौं ।

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ।

बुटवल उपमहानगरपलिका र युएनडिपीको सहयोगमा आइतबारदेखि उपमहानगरपालिकाको सेवा प्रवाह व्यवस्थित गर्न, सहज बनाउन आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको जनाएको छ।

बुटवल नामको च्याटबटको आइतबार उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ ?’ भन्ने प्रश्न सोधेर च्याटबट शुभारम्भ गरे।

च्याटबट शुभारम्भ गर्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाका हरेक सेवा र सूचनामा आम जनताको पहुँचलाई सहज र सरल बनाउनका लागि च्याटबट सञ्चालनमा ल्याइएको बताए।

उनले नगरप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था, नगरमा के काम भइरहेको छ, कहिले सकिन्छ, कुन कुन काम कसरी हुन्छन् भन्ने जस्ता जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने बताए।

कार्यक्रममा च्याटबटको उपयोगिताबारे बताउँदै युएनडीपीका प्रदेश प्रमुख सुदीप अर्यालले देशमै पहिलोपटक स्थानीय सरकारले सामाजिक सञ्जालमा आधारित च्याटबट सञ्चालनमा ल्याएको र यसले देशभर नयाँ सन्देश दिने बताए। उनले सूचना र सञ्चारको उपयोगबाट सरकारी सेवालाई सहज र सरल बनाउने काममा बुटवलले अगुवाई गर्न शुरु गरेको र यसले जनतालाई लाभ पुग्ने बताए।

easy care

प्रकाशित: २४ असार २०८०, आईतवार