Technology Khabar २१ असार २०८०, बिहीबार
काठमाडौं ।
डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो (DishHome GO)’ सञ्चालन गरिरहेको छ। हाल सेटटप बक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो।
कम्पनीकाअनुसार १५० भन्दा बढि लाईभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ। सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडिसम्मको कन्टेन्ट फेरी हेर्न सकिनेछ। डिशहोमले आफ्ना ग्राहकहरुलाई मात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो’ मोबाइल एप हाल सम्पुर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ।
‘डिशहोम गो’ एपमा लाइभ टिभीसंगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ।
कम्पनीकाअनुसार ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ।
यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: २१ असार २०८०, बिहीबार