एचबीओ म्याक्सको नाम परिवर्तन भएर अब ‘म्याक्स’ भनिने

Technology Khabar १० जेष्ठ २०८०, बुधबार

एचबीओ म्याक्सको नाम परिवर्तन भएर अब ‘म्याक्स’ भनिने

काठमाडौं ।

वार्नर ब्रदर्स डिस्कभरीले अब एचबीओ म्याक्स र डिस्कवरी प्लसलाई म्याक्स भनिने एउटै युनिफाइड स्ट्रिमिङ सर्भिस (एकीकृत स्ट्रिमिङ सेवा) मा परिवर्तन गरेको छ।

रिब्रान्डेड सेवा अब संयुक्त राज्य अमेरिकामा लाइभ भएको र फोरके क्वालिटि (गुणस्तर)मा कुल १,००० नयाँ चलचित्रहरू र टभी शोज (कार्यक्रमहरू) को साथ सबैभन्दा महँगो म्याक्स अल्टिमेट प्राइसिङ्ग (मूल्य निर्धारण) टियर (१९.९९ डलर/महिना) को अतिरिक्त कन्टेन्ट (सामग्री)को साथ उपलब्ध भएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तिमा फोरके कन्टेन्टको पूर्ण सूची रहेको र अधिकांश म्याक्स प्रयोगकर्ताहरूको आफ्नो एपहरू स्वचालित रूपमा अद्यावधिक हुनेछन् भने अन्यलाई आफ्नो डिभाइसमा अद्यावधिक गरिएको एप डाउनलोड गर्नको लागि प्रेरित गरिने उल्लेख छ। एचबीओ म्याक्सका ग्राहकहरूको प्रोफाइल, अवतार र पेमेन्ट इन्फर्मेसन (भुक्तानी जानकारी)का साथै वाच हिस्ट्रि स्वचालित रूपमा म्याक्समा माइग्रेट हुने उल्लेख गरिएको छ।

वार्नर ब्रदर्सका यस वर्ष र भविष्यमा रिलिज हुने सबै चलचित्रहरू अपलोड भएपश्चात म्याक्स मार्फत फोरकेमा स्ट्रिम गर्नको लागि उपलब्ध हुने उल्लेख छ। म्याक्सले डल्बी भिजन, डल्बी एटमस र एचडीआर १० ल्याउनुका साथै केहि टिभी सिरिज र चलचित्रहरू पनि इन्ह्यान्स्ड ६०एफपीएस मोडमा उपलब्ध हुने बताइएको छ।

यस जाडोपछि ल्याटिन अमेरिकामा म्याक्स लन्च हुने अपेक्षा गरिएको छ भने युरोप, एशिया र अन्य क्षेत्रहरूले २०२४ मा अद्यावधिक सेवा प्राप्त गर्ने उल्लेख गरिएको छ।

easy care

प्रकाशित: १० जेष्ठ २०८०, बुधबार

ताजा समाचार