गुगल पिक्सेलको बिक्रीमा वृद्धि भएको अल्फाबेटको रिपोर्ट

Technology Khabar १३ बैशाख २०८०, बुधबार

गुगल पिक्सेलको बिक्रीमा वृद्धि भएको अल्फाबेटको रिपोर्ट

काठमाडौं ।

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले सन् २०२३ को पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै कुल राजस्वमा केही वृद्धि भएको देखाएको छ।

गुगल पिक्सेल ७, ७ प्रो, ६ए र वाच बिक्रीहरू समावेश गर्ने “गुगल अदर” सेगमेन्टले वार्षिक आधारमा राजस्वमा ८.८ प्रतिशत वृद्धि गराएको छ।

पहिलो त्रैमासिकको प्रदर्शनबाट कम्पनी “खुशी” भएको गुगलका सीईओले भनेका छन्। सर्चले राम्रो प्रदर्शन गरेको र क्लाउड व्यवसायले पनि गति प्राप्त गर्नुका साथै डिभिजनको स्थापना पछि पहिलो पटक सञ्चालन नाफा ल्याएको गुगलका सीईओले बताए।

युट्युबले टिकटकसँग प्रतिसपर्धा गरिरहेको र यस भिडियो प्लेटफर्मको विज्ञापन राजस्व ६.६९ बिलियन डलर पुगेको उल्लेख गरिएको छ। साथै युट्युबको उक्त विज्ञापन राजस्व विश्लेषकहरूको अपेक्षा गरेको ६.६४ बिलियन डलर भन्दा अलि बढी भएको बताइएको छ।

जनवरीमा १२,००० कर्मचारीहरु जागिरबाट (कुल कार्यबलको लगभग ६ प्रतिशत) कटौती गर्दै कम्पनीमा छाँटकाँटहरू पनि गरिएका थिए। तर अल्फाबेटले भने अझै कम्पनीमा १ लाख ९० हजार भन्दा बढी कर्मचारीहरू रहेको रिपोर्ट गरेको छ। अल्फाबेटका अनुसार २०२२ जनवरी–मार्चको अन्त्यमा कार्यरत १६३,००० मानिसहरूको संख्यामा १६ प्रतिशत वृद्धि भएको बताइएको छ।

त्यसैगरी सुन्दर पिचाईले लगानीकर्ताहरूको आह्वानका क्रममा अल्फाबेटले एआईको विकासलाई ठाउँमा सुरक्षाका साथ बढाउने बताएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

अल्फाबेटको सेयरहरू आफ्टर आवर्स ट्रेडिङ्गमा ३ प्रतिशत बढेको र परिणामहरू समग्रमा अपेक्षाहरू भन्दा बढी भएको र कम्पनीले ७० बिलियन डलर शेयर खरीद फिर्ताको घोषणा गरेको छ।

easy care

प्रकाशित: १३ बैशाख २०८०, बुधबार