एचटीसी वाइल्डफायर ई२ प्ले युनिसक चिपसेटको साथ घोषणा

Technology Khabar ५ बैशाख २०८०, मंगलवार

एचटीसी वाइल्डफायर ई२ प्ले युनिसक चिपसेटको साथ घोषणा

काठमाडौं ।

गत हप्ता एचटीसी वाइल्डफायर ई३ लाईट घोषणा गरेको एचटीसी ब्रान्डले एचटीसी वाइल्डफायर ई२ प्ले ल्याएको छ। उक्त नयाँ डिभाइस अफ्रिकी बजारको लागि घोषणा गरिएको बताइएको छ। यद्यपि सही मूल्य निर्धारण र उपलब्धता विवरणहरूको बारेमा भने अझै खुलासा भएको छैन्।

वाइल्डफायर ई२ प्लेमा एचडी प्लस रिजोल्युसनको साथ ६.८२ इन्च आईपीएस एलसीडी र ८ मेगापिक्सेलको सेल्फी क्यामराको लागि वाटरड्रप नोच रहेको छ। पछाडिको भागमा ५ मेगापिक्सेलको अल्ट्रावाइड मोड्युलको साथमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा र म्याक्रो शटस् र डेफ्थ डाटाको लागि डुअल २ मेगापिक्सेलको सेन्सरहरू छन्।

साथै डिभाइसमा युनिसोक टी६०६ चिपसेट र ८जीबी र्यामका साथै विस्तार योग्य १२८जीबी स्टोरेज समावेश गरिएको जीएसएमएरिनाले लेखेको छ।

वाइल्डफायर ई२ प्लेले बायाँ छेउमा एउटा पेक्युलियर स्लाइडिङ बटन पनि ल्याएको उल्लेख गरिएको छ। फोनले एन्ड्रोइड १२ बुट गर्ने र १०डब्ल्यू चार्जिङको साथ ४,६००एमएएच ब्याट्री फिचर गरिएको बताइएको छ।

easy care

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार

ताजा समाचार