पब्जी मोबाइल प्रो लिग साउथ एशिया फाइनलको आज अन्तिम दिन, नवप्रवेशी एनबी ईस्पोर्ट्स शीर्ष स्थानमा

Technology Khabar ३ बैशाख २०८०, आईतवार

पब्जी मोबाइल प्रो लिग साउथ एशिया फाइनलको आज अन्तिम दिन, नवप्रवेशी एनबी ईस्पोर्ट्स शीर्ष स्थानमा

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया २०२३ फाइनलको अन्तिम दिन आज (आइतबार) खेलिँदै छ। शुक्रबारदेखि शुरु भएको फाइनलमा अब अन्तिम ६ खेल मात्र बाँकी छ।

फाइनलको दुई दिनको खेल सकिँदा मंगोलियाको एनबी ईस्पोर्ट्स शीर्ष स्थानमा रहन सफल भएको छ। एनबी पीएमपीएल साउथ एशिया वाइल्ड कार्डबाट छनोट भएको हो। यस प्रतियोगितामा एनबीको पहिलो सहभागिता हो।

एनबीले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा आफूलाई राख्न सफल भएको छ। एनबीले दुई दिनको खेलमा ३९ प्लेसमेन्ट प्वाइन्ट र ६९ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेको छ भने लिग चरणको प्रदर्शनको आधारमा ५३ बोनस प्वाइन्टगरी कुल १६१ प्वाइन्ट प्राप्त गरेको छ।

एनबीलाई नेपाली टिम डीआरएस गेमिङले पछ्याइरहेको छ। डीआरसँग १५३ प्वाइन्ट छ। डीआरएससँग ४१ प्लेसमेन्ट प्वाइन्ट, ५५ इलिमिनेसन प्वाइन्ट र बोनस प्वाइन्ट छ।

तेस्रो स्थानमा रहेको स्टलवार्ट ईस्पोर्ट्सँग १४९ प्वाइन्ट छ।

लिग स्टेजमा सहभागी २० टिम मध्ये शीर्ष १६ स्थानमा पर्न सफल टिम बीच फाइलन प्रतिस्पर्धा भइरहेको छ।

फाइनलमा नेपालको ८ टिम, मंगोलियाको ७ टिम र बंगलादेशको १ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

यस प्रतियोगिताको कुल पुरस्कार राशी ८० हजार अमेरिकी डलर रहेको छ। लिग स्टेजबाट आफ्नो यात्रा पुरा गरेका ४ टिमले समान २÷२ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

भने प्रतियोगितामा जित्ने टिमले साढे ९ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। टिमहरुले हासिल गर्ने स्थानका आधारमा पुरस्कार राशी वितरण हुनेछ। फाइनलको शीर्ष १२ स्थानमा रहने टिम साउथ एशिया च्याम्पियनशिपका लागि छनोट हुनेछ।

पीएमपीएल पाकिस्तानमा शीर्ष ८ स्थानम पर्न सफल टिम साउथ एशिया च्याम्पियनशिपका लागि छनोट भइसकेका छन्।

पीएमपीएल साउथ एशिया २०२३ को फाइलनमा स्थान बनाउन सफल टिमहरुले आफ्नो यात्रा कायम राख्न कम्तिमा पनि शीर्ष १२ स्थानमा पर्नु पर्ने हुन्छ।

easy care

प्रकाशित: ३ बैशाख २०८०, आईतवार