एन्ड्रोइड १२ गो एडिसन र ६.३ इन्चको डिस्प्ले सहित नोकिया सी१२ सार्वजनिक

Technology Khabar ६ माघ २०७९, शुक्रबार

एन्ड्रोइड १२ गो एडिसन र ६.३ इन्चको डिस्प्ले सहित नोकिया सी१२ सार्वजनिक

काठमाडौं ।

एचएमडी ग्लोबलले २०२३ को शुरुवात बजेट एन्ड्रोइ १२ गो एडिसन फोन, नोकिया सी१२ सार्वजनिक गर्दै गरेको छ। मोडेल नम्बरको आधारमा उक्त नयाँ फोन २०२१ को शुरुवातको नोकिया सी१०को सिक्वेल रहेको बताइएको छ। साथै सी–सिरिज अन्तर्गतका अन्य फोनहरूको तुलनामा नोकिया सी१२ केही सानो भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

उक्त नयाँ नोकिया सी१२ फोनमा एचडी प्लस रेजलुसन प्रदान गर्ने ६.३ इन्चको एलसीडी डिस्प्ले समावेश गरिएको छ। साथै नोकिया सी१२को तौल १७७.४ग्राम र मेजरमेन्ट १६०.६x७४.३x८.७५ एमएम रहेको छ। नोकिया सी१०को तौल १९१ ग्राम र मेजरमेन्ट १६९.९ x७७.९x८.८ एमएम रहेको थियो भने यसमा ६.५२ इन्चको डिस्प्ले समावेश गरिएको थियो। त्यसैगरी नोकिया सी३१ मा भने अझै ठूलो ६.७५ इन्चको डिस्प्ले समावेश गरिएको थियो।

नोकिया सी१२ मा २८एनएम नोडमा निर्माण गरिएको युनिसक एससी९८६३ए१ चिपसेट समावेश गरिएको छ। साथै उक्त फोनमा ८ कोरटेक्स–ए५५ कोरहरु(४x१.६गीगाहर्ज+४x१.२ गीगाहर्ज) र पावरभीआर आईएमजी ८३२२ जीपीयू रहेको छ।

त्यसैगरी नोकिया सी१२ मा २जीबीको र्यामको साथै २ गीगाबाइटको भर्चुअल र्यामको पनि विकल्प रहेको उल्लेख गरिएको छ। साथै गो एडिसन १जीबी र्याममा पनि कार्य गर्न सक्षम रहेको र यसका केही मोडलहरुमा भने ४ जीबी सम्मको र्याम उपलब्ध हुने बताइएको छ। नोकिया सी१२ भने मध्ये भागतिर पर्ने जानकारीमा उल्लेख गरिएको छ। ६४ जीबीको स्टोरेज क्षमता भएको उक्त फोनमा माइक्रोएसडी एक्सपानसनको सुविधा भने नभएको उल्लेख गरिएको छ।

अटोफोकस र एलईडी फ्ल्यास सहितको ८–मेगापिक्सेलको मोड्युल फोनको पछाडिको भागमा र ५–मेगापिक्सेलको सेल्फि क्यामरा अगाडिको भागमा गरी फोनमा कुल दुई ओटा क्यामराहरु रहेका छन्। साथै उक्त क्यामरामा नाइट र पोर्टे«ट मोडहरु पनि रहेका छन्।

नोकियाको उक्त सी१२ फोरजी फोनमा वाई–फाई बी/जी/एन र ब्लूटुथ जस्ता वायरलेस कनेक्टीभिटीको अप्सन पनि रहेका छन्। साथै यस फोनले हेडफोनको लागि ३.५एमएमको ज्याक सपोर्ट गर्ने भनी उल्लेख गरिएको। यद्यपी डाटा र पावरको लागि माइक्रोयूएसबी कनेक्टर भने नभएको थप उल्लेख गरिएको छ।

त्यसैगरी नोकिया सी१२ मा ५ वाटको चार्जिङ सपोर्ट गर्ने ३,००० एमएएचको पूरै दिन टिक्ने ब्याट्री समावेश गरिएको छ।

नोकिया सी१२ फोन सस्तो भएतापनि लामो समयसम्म टिकाउ हुने दाबी गरिएको छ। पोलिकार्बोनेट बडी र ग्रिपी टेक्स्चरका साथै प्रोटेक्टेड अगेन्टस् ड्रप जस्ता फिचरहरु फोनमा रहेको उल्लेख गरिएको छ। साथै फोनको ग्लास पनि कडा प्रकारको प्रयोग गरिएको छ। ड्रिपिङ वाटर र प्रोटेक्टेड अगेन्टस् डष्टमा उक्त फोनले आईपी५२ रेटिङ प्राप्त गरेको उल्लेख गरिएको छ। एचएमडीले २ वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्ने भनि प्रतिबद्धता व्यक्त गरेतापनि ओएस अपडेटहरू सम्बन्धमा बताइएको छैन।

नोकिया सी१२ सिङ्गल कन्फिगुरेसन(२/६४जीबी) को मूल्य १२० पाउण्ड स्टर्लिङ (१३० अमेरिकी डलर,१०५ युरो, १०,५००भारु) रहेको छ। उक्त फोन शुरुमा जर्मनी र अष्ट्रियामा उपलब्ध हुने र बिस्तारै अन्य बजारहरुमा पनि उपलब्ध गराइने उल्लेख गरिएको छ।

easy care

प्रकाशित: ६ माघ २०७९, शुक्रबार

ताजा समाचार