शाओमी पोको एक्स५ प्रोको आधिकारिक टिजर र लीक तस्बिरमा डिजाइनको जानकारी प्रकट

Technology Khabar २ माघ २०७९, सोमबार

शाओमी पोको एक्स५ प्रोको आधिकारिक टिजर र लीक तस्बिरमा डिजाइनको जानकारी प्रकट

काठमाडौं ।

शाओमीले पोको एक्स५ सिरिज स्मार्टफोन ल्याउने तयारीमा देखिएको छ। रिपोर्ट अनुसार शाओमी पोको एक्स५ सरिज आगामी हप्ता सार्वजनिक हुनेछ।

सार्वजनिक अघि पोको एक्स५ र एक्स५ प्रोको धेरै सूचना बाहिरिएका छन्।

‘आर यू रेडी टु अनलिस योर्र रिबेल? ट्यागलाइनमा पोकोले आगामी पोको एक्स५ प्रो फ्लिपकार्डमा टिज गरेको छ। टिजरले पोको एक्स५ प्रोको डिजाइनलाई प्रकट गरेको छ।

पोको एक्स४ प्रो फाइभजी २०२२ को पहिलो क्वाटरमा सार्वजनिक गरिएको थियो। शाओमीले पहिलै नै त्यो डिभाइसको प्रत्यक्ष उत्तराधिकारी शुरु गर्न तयार देखिएको गिज्मोचाइनाले उल्लेख गरेको छ। पोको एक्स५ प्रो आउँदै छ भनेर विभिन्न सर्टिफिकेसन वेबसाइटहरुमा देखा परिसकेको छ। अहिले पोको एक्स५ को डिजाइन अनलाइनमा लीक भएको हो।

लीक भएको पोको एक्स५ प्रोको डिजाइन अनुसार फोन ट्रिएंगल आकारको तीन रियर क्यामरामा उपलब्ध हुनेछ। डिजाइनको आधारमा पोको एक्स५ प्राको चेसिस भर्खर चीनमा सार्वजनिक भएको रेडमी नोट १२ प्रो मोडलकै जस्तै हुनेछ। लीक तस्बिरका अनुसार पोको एक्स५ प्रो १०८ मेगापिक्सलको मुख्य क्यामरामा आउनेछ। अन्य स्पेसिफिकेसनमा स्न्यापड्रागन ७७८ जी, ५००० एमएएच ब्याट्री र १२० हर्ज एफएचडी प्लस एमओएलईडी देख्न पाइनेछ।

easy care

प्रकाशित: २ माघ २०७९, सोमबार

ताजा समाचार