रेडमी के६० सिरिज चीनमा सार्वजनिक, वायरलेस चार्जिङ सपोर्ट गर्ने

Technology Khabar १४ पुष २०७९, बिहीबार

रेडमी के६० सिरिज चीनमा सार्वजनिक, वायरलेस चार्जिङ सपोर्ट गर्ने

काठमाडौं ।

रेडमी के६० सिरिज चीनमा सार्वजनिक भएको छ। लाइनअपमा रेडमी के६०, रेडमी के६० प्रो, रेडमी के६०ई रहेको छ।

रेडमी के६० सिरिजले पहिलो पटक वायरलेस चार्जिङ सपोर्ट र १२० हर्ज रिफ्रेस रेटमा घुमाउरो ओएलईडी डिस्प्ले छ।

फोनमा सेल्फी स्न्यापरका लागि सेन्टरममा पन्च होल कटआउट र ट्रिपल क्यामरा सेन्सरहरुका लागि रेकट्यान्गुलर मोड्युल, जसमा टेलिफो लेन्स (के६० र के६० प्रो) मा समावेश छ।

रेडमी के६० र रेडमी के६० प्रोको एजमा कार्बन फाइबर फिनिश छ।

रेडमी के६० र रेडमी के६० प्रोमा क्वालकम स्न्यापड्रागन ८ सिरिज चिपसेट, ६७ वाट फास्ट चार्जिङ सपोर्ट, एन्ड्रोइड १३ ओएस, १२० हर्जा रिफ्रेस रेटको एमओएलईडी डिस्प्ले र १६ मेगापिक्सल सेल्फी शूटर छ। रेडमी के६० सिरिजी शाओमी सर्जिङ पी१ चार्जिङ चिपमा उपलब्ध छ।

रेडमी के६० प्रो ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ३२९९ युआन, ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ३५९९ युआन, १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ३८९९ युआन, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ४२९९ युआन तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ४५९९ युआन तोकिएको छ।

रेडमी के६० ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २६४९ युआन, ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य २६९९ युआन, १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य २९९९ युआन, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ३२९९ युआन तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ३५९९ युआन तोकिएको छ।

रेडमी के६०ई ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २१९९ युआन, ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य २३९९ युआन, १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य २५९९ युआन, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य २७९९ युआन तोकिएको छ।

रेडमी के६० सिरिज नेपालमा पनि उपलब्ध हुनेछ।

easy care

प्रकाशित: १४ पुष २०७९, बिहीबार