फिफा विश्वकप फाइनलमा गुगल सर्चमा उच्च ट्राफिक

Technology Khabar ५ पुष २०७९, मंगलवार

फिफा विश्वकप फाइनलमा गुगल सर्चमा उच्च ट्राफिक

काठमाडौं ।

फिफा विश्वकपको फाइनलमा गुगल सर्च इन्जिनमा सर्वाधिक ट्राफिक रेकर्ड गरिएको छ। फुटबल फाइनलको दौरान गुगल सर्चले आफ्नो २५ वर्षको इतिहासमा सबैभन्दा बढी ट्राफिक रेकर्ड गरिएको सीईओ सुन्दर पिचाईले ट्वीट मार्फत जानकारी दिएका हुन्।

विश्वकप फाइनलको प्रभावकारी सूचनाका लागि धेरै प्रयोगकर्ताले गुगल सर्च इन्जिनको सहायता लिएको देखिन्छ।

समूह चरण र राउन्ड अफ १६ का खेलहरुमा पनि धेरै ट्राफिक देखिएको थियो। तर फाइनलमा भने गुगल इतिहासकै सार्वधिक ट्राफिक देखिएको हो। तथ्यांकहरु सार्वजनिक भए पनि यो सबैभन्दा धेरै हेरिएको फाइनल हुने सम्भावना छ।

विश्वकप अघि जारी गरिएको अपडेटेड सर्च फिचरले प्रयोगकर्तालाई गुगलमा सर्च गर्न सजिलो बनाएको थियो। विश्वकप सर्च गर्दा मिति र स्थानीय समयसहित आगामी खेलहरु र विश्वकपको सम्पूर्ण खेलको गतिविधिको एउटा सूची देखिन्थ्यो। बेल आइकनमा ट्याप गरेर आफूले फलो गर्न चाहेको टिम छनोट गरेर मोबाइलमा नोटिफिकेसन पनि सेटअप गर्न सकिन्थ्यो।

विश्व फुटबलको सर्वकालिन महान खेलाडी र उदाउँदो खेलाडी सम्मेलित फुटबल राष्ट्रबीचको खेल भएकाले पनि यसको जानकारी दिन धेरैले गुगलको मद्दत लिएको पाइएको छ।

easy care

प्रकाशित: ५ पुष २०७९, मंगलवार

ताजा समाचार