रियलमी जीटी नियोका दुई भेरियन्टमा ५ स्मार्टफोन आउने

Technology Khabar २० मंसिर २०७९, मंगलवार

रियलमी जीटी नियोका दुई भेरियन्टमा ५ स्मार्टफोन आउने

काठमाडौं ।

यस वर्षको शुरुमा रियलमीले रियलमी जीटी नियो ३ स्मार्टफोन सार्वजनिक गरेको थियो। अहिले ओप्पो समर्थित कम्पनीले रियलमी जीटी नियो ५ सिरिजको रुपमा उत्तराधिकारी ल्याउने तयारी गरेको छ।

कम्पनीले सिरिज अन्तर्गत जीटी नियो ५ र जीटी नियो ५ टी ल्याउने गिज्मोचाइनाले उल्लेख गरेको छ। चीनको चलन अनुसार कम्पनीले ४ नम्बर नल्याई ५ नम्बर ल्याउन लागेको हो।

चर्चित टिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार आगामी रियलमी जीटी नियो ५ स्मार्टफोन ब्याट्री र चार्जिङ क्षमताका आधारमा दुई भेरियन्टमा आउनेछ।

बीएलपी९८५ मा रहेको ५ हजार एमएएच ब्याट्रीले १५० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ भने बीएलपी९८७ मा रहेको ४६०० ब्याट्रीले शक्तिशाली २४० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।

रिपोर्ट अनुसार रियलमी जीटी नियो ५ सिरिजमा सोनी आईएमएक्स९८० प्राइमरी क्यामरा सेन्सरको साथ अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) सपोर्टमा उपलब्ध हुन्छ। नयाँ स्मार्टफोनले रियलमी जीटी नियो ३ सिरिजभन्दा राम्रो पर्फमेन्स प्रदान गर्ने दाबी गरिएको छ।

फोनको पछाडि ट्रिपल क्यामरा सेटअप हुनेछ भने सेल्फी र भिडियो कलका लागि १६ मेगापिक्सल वा ३२ मेगापिक्सलको फ्रन्ट फेसिङ स्न्यापर हुनेछ।
रिपोर्ट अनुसार स्मार्टफोनले १२० हर्ज रिफ्रेस रेट प्रदान गर्ने ६.५ इन्च फुल एचडी प्लस एमओएलईडी डिस्प्ले दिइने अपेक्षा गरिएको छ।

डिभाइसमा मिडियाटेक डाइमेनसिटी ९ सिरिज प्रोसेसर र एन्ड्रोइड १३ अपरेटिङ सिस्टम हुनेछ।

easy care

प्रकाशित: २० मंसिर २०७९, मंगलवार