रियलमी १० प्रो प्लस डिसेम्बर ८ मा विश्वव्यापी सार्वजनिक हुने

Technology Khabar १२ मंसिर २०७९, सोमबार

रियलमी १० प्रो प्लस डिसेम्बर ८ मा विश्वव्यापी सार्वजनिक हुने

काठमाडौं ।

रियलमी १० प्रो र १० प्रो प्लस गत हप्ता चीनमा सार्वजनिक भएको छ। जीएसएमएरिनाका अनुसार रियलमी १० सिरिज विश्वव्यापी रुपमा डिसेम्बर ८ मा सार्वजनिक हुनेछ।

भारतका लागि रियलमीका उपाध्यक्ष माधव सेठले फोनको मूल्यका सम्बन्धमा जानकारी दिएका छन्। उनले रियलमी १० प्रो प्लस भारतमा २५ हजार भारु भन्दा सस्तो हुने ट्वीट मार्फत जानकारी गराएका छन्।

रियलमी १० प्रो प्लस तीन मेमोरी भेरियन्ट ८ जीबी र्याम र १२८ जीबी स्टोरेज, ८ जीबी र्याम र २५६ जीबी तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ।

तीन भेरियन्टमा उपलब्ध भएकाले वेस भेरियन्टको मूल्य २५ हजार भारु भन्दा कम हुने अनुमान गरिएको छ। बाँकी भेरियन्टको मूल्य महँगो हुन सक्छ।

रियलमी १० प्रो प्लस डाइमेनसिटी १०८० एसओसीद्वारा सञ्चालित छ। कर्भ ६.७ इन्च १२० हर्जा फुलएचडी प्लस एएमओएलईडी स्क्रिनले १ बी कलर र एडीआर१० प्लस सपोर्ट गर्छ। पछाडि १०८ मेगापिक्सलको ट्रिपल क्यामरा छ। ५००० एमएएच ब्याट्रीले ६७ वाट चार्जिङ सपोर्ट गर्छ।

रियलमी १० प्रो स्न्यापड्रागन ६९५ चिपसेटद्वारा सञ्चालित छ। फ्ल्याट ६.७२ इन्च फुल एचडी प्लस १२० गिगाहर्ज एलसीडी छ। पछाडि १०८ मेगापिक्सलको क्यामरा छ। ५००० एमएएच ब्याट्रीले ३३ वाट चार्जिङ सपोर्ट गर्छ।

दुवै स्मार्टफोनले फाइभजी कनेक्टिभिटी सपोर्ट गर्छ। एन्ड्रोइड १३ वेस रियलमी यूआई ४.० अपरेटिङ सिस्टम छ।

easy care

प्रकाशित: १२ मंसिर २०७९, सोमबार

ताजा समाचार