रियलमीको “उत्सवको बहार, हरेक दिन उपहार”

Technology Khabar १० आश्विन २०७९, सोमबार

रियलमीको “उत्सवको बहार, हरेक दिन उपहार”

काठमाडौं ।

टेक्नोलोजी ब्रान्ड रियलमीले विजयादशमी, दिपावली तथा छठको अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ ।

असोज १० गतेदेखि realmecampaigns.com मा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभी, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्नेछन्।

२०२२ को दोश्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्ट मध्य तेश्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुलाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ।

चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “रियलमी सँधै नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनुभएको छ। यो माया र साथको लागि हाम्रा उपभोक्ताहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै वहाँँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट केही विषेष उपहारहरु दिन गईरहेका छौं। हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले वहाँँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ।”

यस योजना अन्तर्गत असोज १० गते देखि गते कार्तिक १४ सम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरु छानिनेछन् ।

यस योजनामा सहभागी हुनको लागि realmecampaigns.com मा गएर आफ्नो नाम, फोन नम्बर, खरिद गरेको स्मार्टफोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ। यसरी छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको फोरके टिभी जित्न सक्नेछन्।

easy care

प्रकाशित: १० आश्विन २०७९, सोमबार