रियलमी नाइनआई फाइभजी नेपाली बजारमा

Technology Khabar ३१ भाद्र २०७९, शुक्रबार

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा

काठमाडौं ।

स्मार्टफोनको रियलमीले रियलमी नाइनआई फाइभजी नेपाली बजारमा सार्वजनिक भएको छ।

स्मार्टफोनमा २.४ गिगाहर्जको गतिको अक्टा–कोर सीपीयू रहेको रियलमीले जनाएको छ। यसमा फाइभजी नेटवर्कको डुअल सिम डुअल स्ट्यान्डबाईमा रहेको छ।

एमएएच ५ हजारको ब्याट्री यस स्मार्टफोनमा सुपर पावर सेभिङ मोडको व्यवस्था छ।

ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरासहितको ५० एमपिको एआई ट्रिपल क्यामरा यस फोनमा रहेको कम्पनीले जनाएको छ।

डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबीसम्म भर्चुअल र्याम थप्न मिल्ने व्यवस्था यस स्मार्टफोनमा छ।

रियलमी नाइनआई फाइभजीको २९ हजार ९९९ रूपैया निर्धारिण गरिएको छ।

easy care

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार

ताजा समाचार