मस्कलाई ट्विटर बिक्री गर्ने पक्षमा सेयरधनीको मतदान

Technology Khabar २९ भाद्र २०७९, बुधबार

मस्कलाई ट्विटर बिक्री गर्ने पक्षमा सेयरधनीको मतदान

काठमाडौं ।

ट्विटरका सेयरधनीहले इलन मस्कसँगको कम्पनीलाई ४४ अर्ब अमेरिकी डलरमा ट्विटर बिक्रीका लागि भएको सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गरेका छन्।

कम्पनीको सान फ्रान्सिस्को मुख्यालयमा लगानीकर्ताहरुसँगको छोटो सम्मेलनमा यो निर्णय गरिएको बीबीसीले उल्लेख गरेको छ।

अब ट्विटरले अदालतमा इलन मस्कलाई कम्पनी किन्न बाध्य पार्ने प्रयास गर्नेछ।

गत अप्रिलमा ट्विटर विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कलाई कम्पनी बेच्न सहमत भएको थियो।

मस्कले ट्विटरमा स्प्याम र बट एकाउन्ट संख्याहरु अधिक रहेको दाबी गरेसँग खरिद सम्झौतामा विवाद उत्पन्न भएको थियो।

स्प्याम र बट एकाउन्टका कारण गत मेमा मस्कले कम्पनी किन्न नचाहेको बताएका थिए। तर ट्विटर भने यो खरिद सम्झौताबाट पछि हट्ने पक्षमा छैन।
ट्विटरले आफ्नो प्लेटफर्ममा ५ प्रतिशतभन्दा कम बटहरु रहेको दाबी गरिरहेको छ। यो संख्या धेरै हुन सक्ने मस्कको तर्क छ।

ट्विटरको हालको मूल्यांकन ३२ अर्ब अमेरिकी डलर रहेको छ। जुन मस्कको ४४ बिलियन अमेरिकी डलर प्रस्तावभन्दा धेरै कम हो।

मतदानले ट्विटरको कानुनी खोजीको अन्त्य हुन सक्छ। सेयरधनीहरुले मस्कलाई कम्पनी खरिद गर्नका लागि अनुमति प्रदान गरेका छन्।

मस्क र ट्विटर बीचको विवाद समाधानका लागि अक्टोबरमा डेलावेयर राज्यको अदालतमा बहस हुनेछ। उक्त सुनुवाइमा न्यायाधीशले मस्कले ट्विटर खरिद गर्नु पर्ने वा नपर्ने निर्णय लिनेछन्।

easy care

प्रकाशित: २९ भाद्र २०७९, बुधबार

ताजा समाचार