बिल भुक्तानीमा क्युआर कोडको प्रयोग बढ्दो, १ वर्षमै नेपालीले १५ करोडभन्दा धेरै पटक क्युआर चलाए

Technology Khabar २ भाद्र २०७९, बिहीबार

बिल भुक्तानीमा क्युआर कोडको प्रयोग बढ्दो, १ वर्षमै नेपालीले १५ करोडभन्दा धेरै पटक क्युआर चलाए
सांकेतिक तस्बिर

काठमाडौं ।

क्युक रेस्पोन्स कोड (क्युआर) स्क्यानर वा मोबाइलको क्यामेरा प्रयोग गरेर भुक्तानी गर्ने प्रविधि नेपालमा बढ्दै गएको छ।

पछिल्लो समय बिल भुक्तानीमा क्युआर कोडको प्रयोग बढ्दै गएको हो। १ वर्षमै नेपालीले १५ करोडभन्दा धेरै पटक क्युआर चलाएको नेपाल राष्ट्र बैंकको तत्थ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्षमा १५ करोड ५५ लाख ६७ हजार ५७१ पटक क्युआर कोडको प्रयोग भएको नेपाल राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

केन्द्रीय बैंकको तत्थ्यांक अनुसार गत आर्थिक वर्षमा ९४ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको क्यु आर कोड प्रयोग गरि कारोबार भएको छ।
गत आर्थिक वर्षको असोज १५ देखि कात्तिक १५ सम्म अर्थात् सन् २०२१ को अक्टुबर नोभेम्बरमा सबैभन्दा कम कारोबार भएको छ।

तत्थ्यांक अनुसार सो समयमा ५ करोड ३६ लाख २० हजार रूपैयाँ बराबरको कारोबार भएको छ। सो समयमा १३ लाख ८७ हजार ५८४ पटक कारोबार भएको भएको हो।

एकैचोटी स्क्यान भएपछि, उपकरणमा सफ्टवेयरले कोर्डभित्रका थोप्लाहरूलाई नम्बर वा अक्षरहरूमा रूपान्तरण गर्दछ। क्यु आर कोड भित्रका थोप्लाहरूमा ढाँचा र संस्करण जानकारीका साथै सामग्री आफै हुन्छन्। त्रुटी सुधारको लागि अधिक अवधि समेत राखिएको हुन्छ।

यसले गर्दा पैसाको कारोबार मोबाईलबाट नै हुने भएकाले सहज हुन्छ।
हो कुनै पनि सामाग्री किन्न क्यु आर कोडको प्रयोगका लागि राष्ट्र बैंकले अभियान थालनी गरेको हो।

तरकारी बजारदेखि सरकारी कार्यालयमा क्यु आर कोडको प्रयोग गर्न केन्द्रीय बैंकले पहल गरकाले केही सवारी साधनमा समेत क्यु आर कोड प्रणाली लागु भएको छ।

क्युआर कोडको प्रयोग बढ्दै जाँदा नगदरहित कारोबारको प्रवर्द्धनमा पनि सहयोग पुगेको छ। राष्ट्र ब्यांकले पनि ब्यांक तथा वित्तीय संस्थालाई क्यूआर कोडमा आधारित कारोबार सञ्चालन गर्न सहजीकरण गरिरहेको छ। क्यूआर कोडको प्रयोग गर्दा सेवा शुल्कका रूपमा डेबिट तथा क्रेडिट कार्डमार्फत बाहिरिने रकम पनि रोकिन्छ। नोट छपाइमा हुने खर्च पनि घट्दै जाने भएकाले कोरोना लकडाउन पछि २०७७ सालमा केन्द्रीय बैंकले अभियानको रूपमा लागेको हो।

क्यूआर कोडको प्रयोग गर्दा सेवा शुल्कका रूपमा डेबिट तथा क्रेडिट कार्डमार्फत बाहिरिने रकम पनि रोकिन्छ। नोट छपाइमा हुने खर्च पनि घट्दै जान्छ।

यसका लागि राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थालाई सीधै भुक्तानी, रकम ट्रान्सफरदेखि मोबाइल वालेटको सुविधा प्रयोग गर्न अनुमति पनि दिँदै आएको छ।

easy care

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

ताजा समाचार