एप्पल कार टिममा जोडिए ल्याम्बोर्गिनीका चेसिस विकास प्रमुख

Technology Khabar १७ श्रावण २०७९, मंगलवार

एप्पल कार टिममा जोडिए ल्याम्बोर्गिनीका चेसिस विकास प्रमुख

काठमाडौं ।

एप्पलले विगत लामो समयदेखि आफ्नो पहिलो गाडीमा काम गरिरहेको छ। विभिन्न कारणले कम्पनीको सम्भावित सेल्फ ड्राइभिङ कारको विकासमा ढिलाइ भइरहेको छ।

एप्पलको यस सुपर सिक्रेट परियोजनामा काम गर्ने टोलीमा पछिल्लो दुई दशकदेखि ल्याम्बोर्गिनीसँग काम गर्दै आएका लुइगी ताराबोरेल्ली जोडिएका छन्।

तारबोरेली इटालियन सुपरकार निर्मातामा चेसिस र भेहिकल डाइनामिक प्रमुखका रुपमा कार्यरत थिए। उनले एप्पल कार डिजाइनको नेतृत्व गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

ताराबोरेलीले ल्यामबोर्गिनीका उरुस, हुराकान र अवान्तडोरलगायत थुप्रै परियोजनामा काम गरिसकेका छन्।

एप्पलले गुप्त रुपमा कार मात्र नभई आगामी वर्षमा कार डिभिजन चलाउन सक्ने क्षमतावान व्यक्तिहरुको टिम पनि निर्माण गरिरहेको छ।

टेस्ला, रिभियन, वेमो, भोल्भो र मर्सिडीज बेन्जका उत्कृष्ट इन्जिनियरहरु पहिलेदेखि नै परियोजनामा जोडिइसकेका छन्। साथै टेस्ला, म्याक्लारेन, पोर्श र एस्टन मार्टिनका वरिष्ठ डिजाइन अधिकारीहरु एप्पलमा कार्यरत छन्।

एप्पलले आफ्नो स्वचालित कार सन् २०२५ मा सार्वजनिक गर्ने योजना बनाएको बताईएको छ।

स्टेयरिङ ह्विल र अन्य नियन्त्रण गर्ने उपकरण बिनाको कार निर्माण गर्न कम्पनीले लामो समय लिइरहेको हो। एप्पल विश्वकै पहिलो पूर्ण स्वचालित कार निर्माण गर्न चाहन्छ। भविष्यको कार मार्फत् एप्पल अटोमोटिभ उद्योगको आईफोन बन्न चाहन्छ।

easy care

प्रकाशित: १७ श्रावण २०७९, मंगलवार