अमेजन प्राइम अब दुई क्लिकमा सजिलै अनसब्स्क्राइब गर्न सकिने

Technology Khabar १८ असार २०७९, शनिबार

अमेजन प्राइम अब दुई क्लिकमा सजिलै अनसब्स्क्राइब गर्न सकिने

काठमाडौं ।

अमेरिकी अनलाइन रिटेल जायन्ट अमेजनमा अब प्राइम यूजरले दुई क्लिकमा अनसब्स्क्राइब गर्न सक्ने भएका छन्।

यो निर्णय थुप्रै ग्राहक समुदायले गरेको गुनासाहरुको आधारमा कार्यान्वयनमा आएको यूरोपेली कमिसनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

यूरोपियन कन्जुमर अर्गनाइजेशन बीईयूसी, नर्वेजियन कन्जुमर काउन्सिल तथा ट्रान्सलाण्टिक कन्जुमर डायलगले गत अप्रिलमा अमेजन प्राइमका बारेमा आफ्ना गुनासा यूरोपियन यूनियनका अधिकारीसमक्ष पेश गरेका थिए।

उनीहरुले अमेजन प्राइमका यूजरले उक्त सेवा अनसब्स्क्राइब गर्नका लागि जटिल नेभिगेशन मेनु, ढल्केका अक्षर तथा बुझ्न अप्ठेरो हुने खालका विकल्पहरुको समस्या भोग्नु परेको गुनासोमा उल्लेख गरेका थिए।

कम्पनीले अमेजन प्राइम अनसब्सक्राइब गर्नेबारे आएका यी सबै समस्यालाई समाधान गर्नका लागि दुई क्लिकको फिचर ल्याएको रोयटर्सले उल्लेख गरेको छ। यसका लागि यसमा एउटा स्पस्ट क्यान्सल बटन दिइएको छ जसमा क्लिक गरेर अमेजन प्राइम अनसब्स्क्राइब गर्न सकिने कमिसनले जनाएको छ।

easy care

प्रकाशित: १८ असार २०७९, शनिबार

ताजा समाचार