पब्जीमा नयाँ म्याप ‘डेस्टन’ आउँदै

Technology Khabar १६ असार २०७९, बिहीबार

पब्जीमा नयाँ म्याप ‘डेस्टन’ आउँदै

काठमाडौं ।

पब्जीमा नयाँ म्याप ‘डेस्टन’ आउने भएको छ। गेम्सपटका अनुसार पब्जीको नयाँ म्याप डेस्टन जुलाई १३ मा सार्वजनिक हुने भएको छ।

यो म्यापको माथि ठूलो चिकन उडिरहेको देख्न सकिन्छ। सम्भवत यो म्याप पीसीमा सार्वजनिक गरिनेछ। तर यस विषयमा कम्पनीको तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन्।

उक्त म्यापको केही समय अघि पब्जीको विकासकर्ता क्राफ्टनले टिचर सार्वजनिक गरेको थियो।

क्राफ्टनका अनुसार डेस्टन पब्जीकै सबैभन्दा ठूलो, अग्लो र घना म्याप हुनेछ। डेस्टन म्यापमा प्लेयरहरुले अग्लो ठाडो भवन, घुमाउरो पहाड, मैदान, नयाँ डिजाइन गरिएका दलदलहरुसम्म घना शहरी सेटिङको अनुभव प्राप्त गर्नेछन्।

म्यापले रमाइलो गेम प्ले र यथार्थपरक युद्ध मैदानहरुमा डुबेका खेलाडीहरु बीच मिठो अनुभुती प्रदान गर्ने लक्ष्य राखेको छ। विपरित परिस्थितमा विभिन्न गियरमा सवारी साधन चलाएर चिकन डिनर प्राप्त गर्न प्रेरित गर्नेछ।

Sajilo Visa

प्रकाशित: १६ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार