भारतमा भीपीएन सम्बन्धी कडा कानून कार्यान्वयनमा ल्याउन ३ महिनाको समय थप

Technology Khabar १४ असार २०७९, मंगलवार

भारतमा भीपीएन सम्बन्धी कडा कानून कार्यान्वयनमा ल्याउन ३ महिनाको समय थप

काठमाडौं ।

भारत सरकारले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) सेवा प्रदायकहरुलाई प्रयोगकर्ताको डाटा उपलब्ध गराउने समय थप गरेको छ।

इन्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमले भीपीएन सेवा प्रदायकलाई प्रयोगकर्ताको डाटा उपलब्ध गराउन ३ महिना समय थप दिएको टेकक्रन्चले उल्लेख गरेको छ।

भारत सरकारले गत अप्रिलमा भीपीएन सेवा प्रदायकलाई प्रयोगकर्ताको ५ वर्षसम्मको डाटा उपलब्ध गराउन निर्देशन दिएको थियो।

जुन २७ सम्म भीपीएन सेवा प्रदायकले आफ्ना ग्राहकको ठेगना र आईपी एड्रेस सरकारलाई बुझाउनु पर्ने थियो।

भारत सरकारको नयाँ नियम अन्तर्गत नआउने संस्थालाई जरिबाना सहित १ वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ।

सरकारको नयाँ नीति कार्यान्वयन गर्न कठिन हुने भन्दै केही कम्पनीले दक्षिण एसियाली बजार छोड्न थालिसकेका छन्। यस्तोमा भीपीएन सेवा प्रदायकलाई राहत दिन भारत सरकारले थप तीन महिनाको समय उपलब्ध गराएको हो।

नयाँ व्यवस्था अनुसार भीपीएन सेवा प्रदायकहरुले सेप्टेम्बर २५ सम्म सरकारलाई प्रयोगकर्ताको डाटा उपलब्ध गराउनु पर्नेछ।

easy care

प्रकाशित: १४ असार २०७९, मंगलवार