गुगलद्वारा पिक्सेल डिभाइसका लागि एन्ड्रोइड १३ बिटा ३.३ सार्वजनिक

Technology Khabar १४ असार २०७९, मंगलवार

गुगलद्वारा पिक्सेल डिभाइसका लागि एन्ड्रोइड १३ बिटा ३.३ सार्वजनिक

काठमाडौं ।

गुगलले आफ्नो एन्ड्रोइड १३ बिटा ३ को तेस्रो संस्करण सार्वजनिक गरेको छ।

यो महिनाको बिटा बिल्डमा थुप्रै समस्या देखिएकाले गुगलले एउटा मात्र नभई तीन ओटा बिटा भर्सन निकालेर ती समस्या समाधान गर्नुपर्ने आवश्यकता परेको हो।

एन्ड्रोइड १३ बिटा ३.३ मुख्य गरी समस्या समाधानका लागि ल्याइएको र यसमा कुनै प्रकारको नयाँ फिचर समावेश नभएको बताइएको छ।

एन्ड्रोइड १३ बिटा ३.३ मुख्य गरी समस्या समाधानका लागि ल्याइएको र यसमा कुनै प्रकारको नयाँ फिचर समावेश नभएको बताइएको छ।

समाधान हुने केही समस्यामा किबोर्ड र लञ्चरबिचको द्वन्द्व तथा कुनै एप ब्याक गर्दा यूआई नै क्र्याश हुने लगायतका रहेको बुझिएको छ।

यसबाहेक पिक्सेल डिभाइस परिचित वाइफाइ नेटवर्कमा कनेक्ट हुन नसक्ने तथा पावरमा जोडेपछि डिभाइस फ्रीज रहेका छन्। साथमा अस्थिर पर्फर्मेन्स तथा ब्याट्री लाइफ घटाउने कनेक्टिभिटी थर्मल पावर म्यानेजमेन्टमा पनि सुधार ल्याइएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

पब्लिक बिल्डसहितको बिटा ४ यही जुलाईमा आउनुपर्नेमा त्यसको केही समयमा आउने अपेक्षा गरिएको छ। गुगल पिक्सेल डिभाइसमा एन्ड्रोइड अपडेटहरु सामान्यतया: नयाँ रिलिजहुनु ठिक अघि अक्टोबरतिर आउने गर्छन्।

बिटा ३.३ अपडेट योग्य डिभाइसमा आइसक्नुपर्ने र नआएको खण्डमा चेक गर्न सकिने जीएसएमएरिनाले जनाएको छ।

easy care

प्रकाशित: १४ असार २०७९, मंगलवार