सोनी प्लेस्टेशन ५ र प्लेस्टेशन ५ डिजिटल एडिसन गेमिङ कन्सोल भारतमा पुन प्रि बुकिङ खुल्ला

Technology Khabar ८ असार २०७९, बुधबार

सोनी प्लेस्टेशन ५ र प्लेस्टेशन ५ डिजिटल एडिसन गेमिङ कन्सोल भारतमा पुन प्रि बुकिङ खुल्ला

काठमाडौं ।

सोनी प्लेस्टेशन ५ र प्लेस्टेशन ५ डिजिटल एडिसन गेमिङ कन्सोल गेमरहरुका माझ निकै लोकप्रिय छ। सन् २०२० मा सार्वजनिक भएको सोनी प्लेस्टेशन ५ उत्पादनको तुलनामा माग उच्च छ। जसका कारण गेमरहरुले यसलाई सहज रुपमा खरिद गर्न पाइरहेका छैनन्।

सोनी गेमिङ कन्सोलको भारतमा पनि उच्च माग गरेको छ। भारतीय ग्राहकको मागलाई ध्यानमा राख्दै कम्पनीले गेमिङ कन्सोलको आपूर्ती बढाइरहेको छ। सोनीले मंगलबार भारतीय समय अनुसार बिहान १२ बजेटदेखि प्लेस्टेशन ५ र प्लेस्टेशन ५ डिजिटल एडिसनको पुन प्रि बुकिङ खुलाएको छ।

सोनी प्लेस्टेशन ५ र प्लेस्टेशन ५ डिजिटल एडिसन गेमिङ कन्सोल सोनीको आफ्नै स्टोर सोनी सेन्टर, क्रोमा, रिलायन्स डिजिटल, अमेजोन, फिल्पकार्ट र विजय सेल्सबाट अनलाइन अथवा अफलाइन बुकिङ गर्न सकिन्छ।

सोनी प्लेस्टेशन ५ को मूल्य ४९ हजार ९९० भारु र प्लेस्टेशन ५ डिजिटल एडिसनको मूल्य ३९ हजार ९९० भारु तोकिएको छ। गेमिङ कन्सोलको डेलिभरी जून ३० देखि शुरु हुने जागरणमा उल्लेख छ।

कम्पनीले गत त्रैमासिक अर्थात चौथो क्वाटरसम्म १ करोड ९३ लाख युनिट सोनी प्लेस्टेशन ५ र प्लेस्टेशन ५ डिजिटल एडिसन बिक्री गरिसकेको छ।

easy care

प्रकाशित: ८ असार २०७९, बुधबार

ताजा समाचार