रियलमी नार्जो ५०आई प्राइम जुन २२ मा सार्वजनिक हुने

Technology Khabar ५ असार २०७९, आईतवार

रियलमी नार्जो ५०आई प्राइम जुन २२ मा सार्वजनिक हुने

काठमाडौं ।

रियलमीको नार्जो लाइनअपमा नार्जो ५०आई प्राइम थप हुने भएको छ।

रियलमीले गत महिना नार्जो ५० प्रो फाइभजी र नार्जो ५० फाइभजी स्मार्टफोन भारतमा सार्वजनिक गरेको थियो।

नार्जो ५०आई प्राइमको डिजाइन, मूल्य, सार्वजनिक हुने मिति र स्पेसिफिकेसन बाहिरिएको छ।

गिज्मोचाइनका अनुसार टिप्सटर अनलिक्सले नार्जो ५०आई प्राइम सन् २०२२ जून २२ मा सार्वजनिक खुलासा गरेको हो।

टिप्सटरका अनुसार स्मार्टफोनको मूल्य १०० अमेरिकी डलरभन्दा कम हुनेछ। स्मार्टफोन २ कलर ब्ल्याक र ग्रीनमा उपलब्ध हुनेछ।

नार्जो ५०आई प्राइम फ्ल्याट एज र फ्ल्याट ब्याकमा देखिएको छ। फोनको पछाडि सिंगल क्यामरा एलईडी फ्ल्यास छ। अघिल्लो भागमा ड्यू ड्रप नोज, पातलो बेजल र ठूलो चिन छ।

यो डिभाइस दुई भेरियन्ट ३ जीबी र्याम/३२ जीबी रोम र ४ जीबी र्याम/६४ जीबी रोममा आउनेछ। यसको चौडाई ८.४८ एमएम, तौल १८१ ग्राम रहे‍को छ भने यसले डुअल सिम सपोर्ट गर्छ।

नार्जो ५०आई प्राइममा मिडियाटेक हिलियो जी८० चिपसेट हुनेछ। ५००० एमएम ब्याट्रीलाई १० वाटको फास्ट चार्जिङ दिइएको छ।

easy care

प्रकाशित: ५ असार २०७९, आईतवार