अमेजनले अमेरिकामा यसै वर्ष ड्रोन डेलिभरी सेवा शुरु गर्ने

Technology Khabar ३१ जेष्ठ २०७९, मंगलवार

अमेजनले अमेरिकामा यसै वर्ष ड्रोन डेलिभरी सेवा शुरु गर्ने

काठमाडौं ।

ई-कमर्स जायन्ट अमेजनले क्यालिफोर्नियाको लकफोर्डमा यसै वर्ष ड्रोन डेलिभरी सेवा शुरु गर्ने भएको छ।

कम्पनीले यसै वर्षको अन्त्यतिर अमेजनले ग्राहकले खरिद गरेका सामान पहिलोपल्ट ड्रोनमार्फत् डेलिभरी गर्ने योजना बनाएको नियामकबाट यसको इजाजत आउन भने बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ।

कम्पनीले ड्रोन डेलिभरीका बारेमा धेरै अघिदेखि भन्दै आए पनि विभिन्न समस्याका कारण यसमा ढिलाई हुँदै गइरहेको थियो। तर अब भने कम्पनीले यसलाई कार्यान्व्यन गर्ने भएको हो।

‘ड्रोन डेलिभरीको वाचा साइन्स फिक्सन जस्तो हुँदै आएको छ’, कम्पनीले आफ्नो ब्लगमा उल्लेख गरेको छ, ‘तर यसै वर्षको अन्त्यतिर क्यालिफोर्नियाको लकफोर्डमा रहेका अमेजनका ग्राहकले प्राइम एयर डेलिभरीमार्फत् ड्रोनबाट सामान पाउनेछन्। प्राइम एयरका बारेमा उनीहरुबाट आएको प्रतिक्रियाले सबै ठाउँका ग्राहकको आवश्यकता सुरक्षित रुपमा पूरा गर्ने सेवा सिर्जना गर्न सहयोग पुर्याउँछ।’

easy care

प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार