ट्विटर सम्झौताबाट पर बस्ने मस्कको धम्की

Technology Khabar २४ जेष्ठ २०७९, मंगलवार

ट्विटर सम्झौताबाट पर बस्ने मस्कको धम्की

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कले ट्विटर सम्झौताबाट पर बस्ने धम्की दिएका छन्।

उनले ट्विटरलाई आफूले उसको यूजर बेसका बारेमा थप जानकारी लिन गरेको आग्रहलाई लत्याएको आरोप लगाएका छन्।

नियामक संस्थामा दर्ता गरिएको एउटा पत्रमा मस्कले आफूले स्पाम एकाउन्टको मापनका बारेमा पनि उल्लेख गरेको बताएका छन्।

उक्त पत्रले मस्कले केही समयअघि थप जानकारीका लागि भन्दै ट्विटर सम्झौतालाई होल्डमा राखेपछि बढेको विवादलाई प्रस्ट्याएको छ। ट्विटरले आफ्नातर्फबाट बचाउ गरिसकेको छ।

मस्कले भने स्पाम एकाउन्ट ट्विटरले दावी गरेको ५ प्रतिशतभन्दा धेरै भएको बताउँदै आएका छन्।

मस्कका वकिल माइक रिङ्लरले पत्रमा ट्विटरको सम्भावित सञ्चालकका नाताले मस्कले ट्विटरको व्यवसाय हातमा लिनका लागि प्रस्ट रुपमा डाटा उपलब्ध गराउन आग्रह गरेको बताएका छन्।

‘ट्विटरको हालसम्मको व्यवहारका तथा कम्पनीका पछिल्ला पत्राचारका आधारमा ट्विटरले आफ्ना जानकारीहरु लुकाइरहेको मस्कले दावी गरेका छन्’, पत्रमा लेखिएको छ।

easy care

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार