रियलमी ९आईमा यूआई ३.० तथा ८आईमा ओपन बिटा उपलब्ध हुँदै

Technology Khabar १६ जेष्ठ २०७९, सोमबार

रियलमी ९आईमा यूआई ३.० तथा ८आईमा ओपन बिटा उपलब्ध हुँदै

काठमाडौं ।

रियलमीले आफ्नो ९आई मा रियलमी यूआई ३.० तथा ८आई मा यूआई ३.० ओपन बिटा उपलब्ध गराउने भएको छ।

कम्पनीले गत महिना मे मा रियलमी ९आईमा एन्ड्रोइड १२ मा आधारित रियलमी यूआई ३.० उपलब्ध गराउने घोषणा गरे अनुसार स्न्यापड्रागन ६८० युक्त स्मार्टफोनमा उक्त फिचर रोल आउट गर्न शुरु गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

रियलमी ९आई का यूजरले सेटिङ्समा रहेको अपडेट मेनुको ट्रायल भर्सन ट्याप गरेर एप्लाइ नाउ गरेपछि त्यसमा आफ्नो विवरण भरेर रियलमी यूआई ३.० को शुरुवाती पहुँच प्राप्त गर्नेछन्।

अर्ली एक्सेस कार्यक्रममा १ हजार जनामात्र सहभागी हुन पाउने भएकाले सबैको पहुँचमा नआउन सक्छ। अर्ली एक्सेस कार्यक्रममा धेरै बग हुने भएकाले डिभाइसमा समस्या भने आउन सक्छ।

यो अपडेटका लागि डिभाइसमा कम्तीमा ६० प्रतिशत ब्याट्री र १० जीबी स्टोरेज हुनु जरुरी हुन्छ। यससँगै रियलमी ८आई का लागि रियलमी यूआई ३.० ओपन बिटा प्रोग्राम उपलब्ध गराइएको छ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार