एप्पलद्वारा आईओएस १५.५ तथा आईप्याडओएस १५.५ सार्वजनिक

Technology Khabar ३ जेष्ठ २०७९, मंगलवार

एप्पलद्वारा आईओएस १५.५ तथा आईप्याडओएस १५.५ सार्वजनिक

काठमाडौं ।

एप्पलले आफ्ना मोबाइल डिभाइसका लागि आईओएस १५.५ तथा आईप्याडका लागि आईप्याडओएस १५.५ सार्वजनिक गरेको छ।

यो भर्सनमा कुनै मुख्य अपडेट नआउने भए पनि यसमा केही नयाँ फिचरहरु भने समावेश हुने बताइएको छ।

यीमध्ये पहिलो वालेट एपले एप्पल क्याश उपभोक्तालाई एप्पल क्याश कार्डमार्फत् पैसा पठाउन र प्राप्त गर्न सहयोग पुर्याउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

अर्को भने एप्पल पडकास्ट एपमा डिभाइसमा स्टोर गरिएका एपिसोडहरु सीमित गर्ने र पुरानालाई आफैं हटाउने सुविधा प्रदान गर्छ।

यसबाहेक यसमा २५ ओटा सुरक्षा समस्या समाधान गरिएको छ जसमध्ये कुनै पनि दुरुपयोग गर्न वा ह्याक गर्न सकिएका छैनन्।

यो अपडेट यसअघि नै आईपड र आईप्याडमा घोषणा गरिसकिएको छ र यदि नभएको खण्डमा सेटिङ्समा गएर आफैं खोज्न सकिन्छ। एप्पलको यो रोल आउट चरणबद्ध रुपमा नहुने भएकाले सबै यूजरका लागि उपलब्ध हुने अपेक्षा जीएसएमएरिनाको छ।

easy care

प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार

ताजा समाचार