वेबसाइट र्याङ्किङ साइट एलेक्साको सेवा आधिकारिक रुपमा बन्द

Technology Khabar १९ बैशाख २०७९, सोमबार

वेबसाइट र्याङ्किङ साइट एलेक्साको सेवा आधिकारिक रुपमा बन्द

काठमाडौं ।

विश्वको प्रमुख वेबसाइट र्याङ्किङ साइट एलेक्साले आफ्नो सेवा आधिकारिक रुपमा बन्द गरेको छ। एलेक्साको मूल कम्पनी अमेजनले आइतबार उक्त घोषणा गरेको हो।

२५ वर्षदेखि सञ्चालनमा रहेको एलेक्साले वेबसाइटमा भिजिट गर्ने ट्राफिक डाटाका आधारमा वेबसाइटहरुलाई र्याङ्किङ गर्दै आएको थियो।

त्यसैका आधारमा कुनै पनि देशका वेबसाइटहरु स्थानीय तथा वैश्विक हिसाबले कति नम्बरमा छन् भन्ने आकलन गरेर सूचीकृत गरिन्छ। यसबाहेक यसले प्रतिस्पर्धी कम्पनीहरुको एनालिटिक्स तथा कुनै पनि कम्पनीको सर्च इन्जिन अप्टिमाइजेशनको सेवा पनि उपलब्ध गराउँदै आएको थियो।

अमेजनले गत नोभेम्बरमै सूचना निकालेर मे १ तारिदखेखि आफ्ना सेवाहरु पूर्ण रुपमा बन्द हुने र तत्कालका लागि रजिस्टर गरिएका एकाउन्टबाट मात्र र्याङ्किङ हेर्न सकिने जनाएको थियो।

एलेक्साको वेबसाइट बन्द भए पनि आगामी सन् २०२२ डिसेम्बरसम्म ब्राउजर एक्सटेन्सनमार्फत् र्याङ्किङ सेवा उपलब्ध भइरहने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

वेबसाइट र्याङ्किङ गर्ने एलेक्सा डटकमले आफ्नो सेवा बन्द गर्दै

easy care

प्रकाशित: १९ बैशाख २०७९, सोमबार

ताजा समाचार