सोनी प्लेस्टेशन ५ ले विविध रिफ्रेश रेट सपोर्ट गर्ने

Technology Khabar १३ बैशाख २०७९, मंगलवार

सोनी प्लेस्टेशन ५ ले विविध रिफ्रेश रेट सपोर्ट गर्ने

काठमाडौं ।

सोनीको प्लेस्टेशन ५ कन्सोलले विविध रिफ्रेश रेट सपोर्ट सुविधा रहने भएको छ।

यो फिचर सफ्टवेयर अपडेटमार्फत् आउने हुने र यसै हप्ता विश्वभर नै उपलब्ध हुने जीएसएमएरिनाले जनाएको छ।

सोनीले यो फिचर शुरुमा सन् २०२० मै आउने बताएको थियो। प्लेस्टेशनमा रहेको भीआरआरले स्क्रीन र भिडियो सेटिङमा रहेको अप्शनमार्फत् इनेबल गर्न सकिनेछ।

यो फिचरले सपोर्टेड गेममा लागू हुने र सबै खाले गेमहरुमा पनि लागू गर्न चाहेमा थप विकल्पमार्फत् जानुपर्ने हुन्छ।

यीमध्ये पछिल्लो विकल्पले भिजुअल इफेक्टमा अप्रत्याशित असर पार्न सक्छ भने सबै अवस्थामा काम नगर्न सक्ने पनि हुन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

सोनीले अर्को हप्ता भीआरआर सपोर्ट पाउने टाइटलहरुको सूची सार्वजनिक गरेको छ। जसमा एस्ट्रोज प्लेरुम, कल अफ ड्युटी: भ्यानगार्ड, कल अफ ड्युटी: ब्ल्याक अप्स कोल्ड वार, डेस्टिनी २, डेभिल मे क्राइ ५ स्पेशल एडिशन, डर्ट ५, गडफल, मार्भल्स स्पाइडर-म्यान रिमास्टर्ड, मार्भल्स स्पाइडर-म्यान: माइल्स मोराल्स, र्याशेट एन्ड क्ल्यांक: रिफ्ट अपार्ट, रेजिडेन्ट इभल भिलेज, टाइनी टिनाज वण्डरल्याण्ड्स, टक क्ल्यान्सीज रेन्बो सिक्स सिएज र ट्राइब अफ मिडगार्ड लगायतका रहेका छन्।

easy care

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार