आईफोन १३ प्रो भेरियन्टको माग बढेपछि अर्डर पनि थप्दै एप्पल

Technology Khabar १३ बैशाख २०७९, मंगलवार

आईफोन १३ प्रो भेरियन्टको माग बढेपछि अर्डर पनि थप्दै एप्पल
आईफोन १३ सिरिज

काठमाडौं ।

एप्पलले आईफोन १३ प्रो को थप अर्डर लिन शुरु गरेको छ।

हालै दक्षिण कोरियाली सञ्चारमाध्यम द इलेकले बाहि ल्याएको रिपोर्ट अनुसार कम्पनीले यो त्रैमासमा आईफोन १३ प्रो तथा आईफोन १३ प्रो म्याक्सको अर्डरमा निकै थप गरेको हो।

यसको मुख्य कारण भने यो सिरिजका सबैभन्दा महंगा प्रो भेरियन्ड डिभाइसहरु आकलन गरेभन्दा बढी माग हुन थालेकोले रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो वर्ष अर्थात् सन् २०२२ को पहिलो त्रैमासमा एप्पलले आईफोन १३ प्रो १० लाख थान तथा प्रो म्याक्सको भने ३५ लाख थान निर्माणका लागि अर्डर गरेको थियो।

जीएसएमरिनाका अनुसार दोस्रो त्रैमासको शुरुवात स्ट्याण्डर्ड प्रोको मागमा ८० लाख थानले बढेको छ। यस्तै प्रो म्याक्सको ६५ लाख थान वृद्धि भएको पाइएको छ।

यो आँकडा अघिल्लो त्रैमासको तुलनामा १ करोड थानले बढी हो। यस हिसाबले आईफोन १३ सिरिजको औसत बिक्री मूल्य बढ्ने र त्यसबाट आम्दानी अझ बढ्ने बुझिएको छ।

easy care

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

ताजा समाचार