आईफोन १४ का स्क्रीनका लागि बीओईसँग सम्झौता गर्दै एप्पल

Technology Khabar ९ बैशाख २०७९, शुक्रबार

आईफोन १४ का स्क्रीनका लागि बीओईसँग सम्झौता गर्दै एप्पल
सांकेतिक तस्बिर

काठमाडौं ।

एप्पलले हालै चिनियाँ डिस्प्ले निर्माता बीओईसँग सम्झौता गरेको छ।

उद्योग स्रोतहरुलाई उद्धृत गर्दै जीएसएमएरिनाले लेखे अनुसार यो सम्झौता ५ करोड चिनियाँ यूआन बराबरको तथा आउँदै गरेको आईफोन १४ को भ्यानिला भेरियन्टमा प्रयोग गर्ने हिसाबले २५ प्रतिशत ओएलईडी डिस्प्लेका लागि रहेको बुझिएको छ।

बीओईले समग्र आईफोन १४ का लागि आवश्यकमध्ये ६.१ इन्चको डिस्प्ले मात्र उपलब्ध गराउने भएकाले आईफोन १४ को म्याक्स र प्रो डुओका लागि भने कम्पनीले यसअघि नै उपलब्ध हुँदै आएका एलजी र सामसङका स्क्रीन प्रयोग गर्नसक्ने बुझिएको छ।

चिनियाँ समाचार संस्थाहरुका अनुसार बीओईले विद्यमान जेनेरेशनका आईफोनका लागि डिस्प्ले उपलब्ध गराएको पहिलो पटक हो।

यो कम्पनीले अघिल्ला भर्सनका आईफोन तथा रिप्लेसमेन्टका लागि डिस्प्ले प्यानल बनाउँदै आएको छ।

यो जानकारी दक्षिण कोरियाबाट बीओईले भविष्यमा आउने आईप्याड र म्याकबुकका लागस पनि ओएलईडी प्यानल आपूर्ति गर्ने बताएको १ हप्तापछि आएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार

ताजा समाचार