सेमिकन्डक्टर चिपको मूल्य नघटाउने टीएसएमसीको संकेत

Technology Khabar ५ बैशाख २०७९, सोमबार

सेमिकन्डक्टर चिपको मूल्य नघटाउने टीएसएमसीको संकेत

काठमाडौं ।

ताइवानी सेमिकन्डक्टर चिप निर्माता टीएसएमसीले आफ्ना उत्पादनको मूल्य नघटाउने संकेत देखाएको छ।

कम्पनीले आफ्ना उत्पादनको मूल्य विवरण सार्वजनिक नगरे पनि केही समयअघि चिप तथा त्यसका पार्टपुर्जामा बढाएको मूल्य तत्काल नघटाउने भएको डिजिटाइम्सले उल्लेख गरेको छ।

यो जानकारी हालै कम्पनीका सीईओ सीसी वेईले कम्पनीको सभाकक्षमा आम्दानी विवरण पेश गर्ने क्रममा भएको प्रश्नोत्तरका क्रममा दिएका हुन्।

‘हाम्रो मूल्य रणनीति अवसरवादी वा अल्पकालीन नभई रणनैतिक रहेको छ भने उपभोक्ताले उनीहरुको वृत्तिविकासमा हाम्रो योगदानलाई आत्मसात् गर्नेछन्’, वेईले टीएसएमसीले बजार गतिशीलतालाई मध्यनजर गर्दै मूल्य समायोजन गर्छ कि गर्दैन भन्ने प्रश्नको उत्तर दिने क्रममा बताए।

easy care

प्रकाशित: ५ बैशाख २०७९, सोमबार

ताजा समाचार